२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टी-२० विश्वकपको सुपर ८ मा आज दुई खेल हुँदै

अ+ अ-

काठमाडौँ । आइसिसी पुरुष टी-२० विश्वकप २०२६ को सुपर ८ मा आइतबार दुई खेल हुँदै छन् । 

दिउँसो सवा ३ बजे श्रीलंकाको क्यान्डीस्थित पल्लेकेले स्डेडियममा सहआयोजक श्रीलंकाले इंग्ल्यान्डको सामना गर्दै छ । दुवै टोली जितसहित सुपर ८ चरणको सुरुवात गर्ने लक्ष्यमा हने छन् । समूह चरणमा दुवै टोलीले ४ मध्ये ३ खेल जितेका थिए । श्रीलंकाले आयरल्यान्ड, ओमान र अस्ट्रेलियालाई पराजित गरेको थियो भने जिम्बाब्वेसँग हार बेहोरेको थियो । 

इंग्ल्यान्डले नेपाल, स्कटल्यान्ड र इटालीलाई हराउँदा वेस्ट इन्डिजसँग पराजित भएको थियो । पाथुम निसांका ४ खेलमा १ सय ९९ रनसहित श्रीलंकाका लागि उत्कृष्ट ब्याटर बनेका छन् भने दुशान हेमन्थले ६ विकेट लिएका छन् । इंग्ल्यान्डका जेकब बेथेलले १ सय ४३ रन बनाएका छन् र जोफ्रा आर्चरले ६ विकेट लिएका छन् । 

पल्लेकेलेको पिच स्पिनमैत्री मानिन्छ र वर्षाको सम्भावना ६० देखि ८० प्रतिशतसम्म रहेको छ । सुपर-८ चरणको अर्को खेलमा भारत र दक्षिण अफ्रिका आमने-सामने हुनेछन् । खेल अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा साँझ सवा ७ बजे सुरू हुनेछ । अघिल्लो संस्करणको फाइनलमा भारतले दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै १७ वर्षपछि उपाधि जितेको थियो । 

अफ्रिकी टोली सोहि हारको बदला लिने लक्ष्यमा हुने छ । समूह चरणमा दुवै टोली अपराजित रहँदै सुपर ८ मा पुगेका हुन् । टी-२० अन्तर्राष्ट्रियमा भारत र दक्षिण अफ्रिकाबीच हालसम्म ३५ खेल भएका छन् । जसमा भारतले २१ खेल जितेको छ । यस विश्वकपमा ईशान किशन १ सय ७६ रनसहित भारतका शीर्ष स्कोरर छन् भने वरूण चक्रवर्तीले ९ विकेट लिएका छन् । 

दक्षिण अफ्रिकाका कप्तान एडन मार्करमले १ सय ७८ रन बनाएका छन् भने लुंगी एनगिडीले ८ विकेट हात पारेका छन् । अहमदाबादमा आइतबार मौसम सफा रहने अनुमान छ ।