२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाँकेमा ३३ जना उम्मेदवारले खोले बैंक खाता

अ+ अ-

नेपालगन्ज । निर्वाचन खर्च प्रयोजनका लागि बाँकेमा ३३ जना उम्मेदवारले मात्रै बैंक खाता खोलेका छन् । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि बाँकेमा उम्मेदवार भएका ५६ जनामध्ये अहिलेसम्म १५ जनाले निर्वाचन खर्च प्रयोजनका लागि बैंक खाता नखोलेको निर्वाचन आचारसंहिता अनुगमन समितिले जनाएको छ । 

निर्वाचन क्षेत्र नम्बर १ मा ९, क्षेत्र नम्बर २ मा १४ र क्षेत्र नम्बर ३ मा १० गरी ३३ जना उम्मेदवारले बैंक खाता खोलेको निर्वाचन आचारसंहिता अनुगमन समितिका अधिकृत सर्वोदय उपाध्यायले जानकारी दिए। उनका अनुसार अहिलेसम्म आठ जनाले खाता खोल्ने सिफारिस लगेका छ भने १५ जनाले अझै केही गरेका छैनन् । 

कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रक एवं निर्वाचन आचारसंहिता अनुगमन अधिकृत उपाध्यायले निर्वाचन खर्च प्रयोजनका लागि  फागुन ४ गतेभित्रै सबै उम्मेदवारले खाता खोलिसक्नुपर्नेमा हालसम्म पनि १५ जनाले खाता नखोलेकाले उनीहरूलाई पटक–पटक फोनमार्फत ताकेता गरिएको जानकारी दिए । “ताकेता गरिएको छ प्रतिबद्धता पनि छ तर कार्यान्वयन भएको पाइँदैन,” उनले भने ।  खाता नखोल्नेमा अधिकांश स्वतन्त्र उम्मेदवार रहेको अधिकृत उपाध्यायको भनाइ छ । 

निर्वाचन आचारसंहिताअनुसार उम्मेदवारले व्यक्तिगत खाताबाट खर्च नगरी निर्वाचन प्रयोजनका लागि छुट्टै बैंक खाता प्रयोग गर्नुपर्ने कानुनी व्यवस्था छ । सो व्यवस्था कार्यान्वयनको विषयमा निरन्तर अनुगमन भइरहेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी एवं अनुगमन अधिकृत पूर्ण बहादुर खत्रीले जानकारी दिए। उनका अनुसार उम्मेदवारको नाम, दल, क्षेत्र र बैंकको विवरणसहितको प्रतिवेदन निर्वाचन आयोगमा पठाइने छ । 

तीन निर्वाचन क्षेत्र रहेको बाँकेमा ५६ जना उम्मेदवार चुनावी मैदानमा छन् । निर्वाचन आयोगले क्षेत्र नम्बर १ का लागि रु ३१ लाख  र क्षेत्र नम्बर २ तथा ३ का लागि रु २९ लाखसम्मको खर्चको सीमा तोकेको छ । यसबीच, आज निर्वाचन क्षेत्र नं १ को कोहलपुरमा निर्वाचन आचारसंहिता पालना सम्बन्धमा उम्मेदवारहरूसँग छलफल गरिएको छ । 

आचारसंहिता अनुगमन समितिका अधिकृत पूर्णबहादुर खत्रीले निर्वाचन क्षेत्र नं १ मा खासगरी टिसर्ट र टोपीको प्रयोग बढी भएको उजुरी भएकाले त्यसलाई हटाउन उम्मेदवारहरू सहमत भएको जानकारी दिए। “जिल्लाको अन्य निर्वाचन क्षेत्रमध्ये समग्रमा राम्रो छ, केही समस्या देखिएका छन् त्यसलाई समाधान गरिने छ,” उनले भने ।