२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१०औँ राष्ट्रिय खेलकुद निर्वाचनपछि हुने

अ+ अ-

काठमाडौँ । फागुन १ देखि ७ गतेसम्म कर्णाली प्रदेशको सुर्खेतमा आयोजना गरिने भनिएको १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनपछि उपयुक्त समयमा गरिने भएको छ ।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले १०औँ राष्ट्रिय खेलकुद पुनः सार्ने निर्णय गरेको हो । पटक–पटक मिति तय हुँदै र सर्दै आएको राष्ट्रिय खेलकुद प्रतियोगिता यसअघि कात्तिक २४ गते बसेको मन्त्रीपरिषद्को बैठकले फागुन पहिलो साता गर्ने निर्णय गरेको थियो ।

त्यसअघि पछिल्लो पटक कर्णाली प्रदेशमा गत जेठ ३ देखि १० गतेसम्म आयोजना हुने गरी मिति तय गरिएको थियो ।

मिति सरेपनि १०औँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक गरिसकिएको छ । सरकारले मिति सरेपछि आर्थिक वर्ष २०८२,०८३ मा १०औँ आयोजनाका लागि ५४ करोड बजेट पनि विनियोजन गरेको थियो ।

१०औँ खेलकुदको मस्कटमा लोपोन्मुख जनावर ‘रेडपान्डा’ रहेको छ । यस्तै लोगोमा सात रंग, चन्द्र र सूर्य झन्डा अंकीत रहेको छ । यसअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १०औँ खेलकुदको खेलाडी दर्ताका लागि अनलाइन पोर्टल र खेलकुदको डेडिकेटेड अनलाइन पोर्टलसमेत सार्वजनिक गरेको थियो ।

दुई दुई वर्षमा आयोजना हुनुपर्ने राष्ट्रिय खेलकुदको पछिल्लो नवौँ संस्करण २०७९ सालमा गण्डकी प्रदेशको राजधानी पोखरामा भएको थियो ।