२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भिमेसन मन्दिरमा भक्तजनको घुइँचो

अ+ अ-

भादगाउँ । फागुपूर्णिमाको अवसरमा भक्तपुरको भिमसेन मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । धार्मिक तथा सांस्कृतिक रुपले अत्यन्त महत्वपूर्ण मानिने फागुपूर्णिमामा भक्तपुरको आर्दशस्थित परदेशी भिमसेन, याँछेंस्थित याँछें भिमसेन र दत्तात्रयस्थित तचपाल भिमसेन मन्दिरमा दर्शन र पूजाका लागि भक्तजनको घुइँचो लागेको हो ।

फागुपूर्णिमाको दिन भिमसेन देवताको विधिवत् रुपमा पूजा र दर्शन गर्नाले आम्दानीको नयाँ स्रोत खुल्नुका साथै व्यापार व्यवसाय फस्टाउँदै जाने धार्मिक मान्यता रहेको छ । आजको दिन भिमसेन मन्दिरमा स्थानीय डाफा भजन खल:, व्यापारी संघ संस्था, पसलेहरुले बलिसहितको पूजा चढाउँछन् ।

आजको दिन टोल टोलमा रहेका परम्परागत धिमेवाजा, बाँसुरी बाजा, धा“ बाजा, लगायतका टोली भिमसेन मन्दिर जाने गर्छन् । देवताको पूजाअर्चना गरी सम्येबजी खाएर फागु पर्व मनाउने गरिन्छ । जसलाई स्थानीय भाषामा भिसिंङ पूजा भन्ने गरिन्छ । आजको दिन स्थानीय महिला हाकुपतासीमा सजिएर भिमसेन देवताको पूजापछि समेबजी खाएर एक आपसमा अबीर दलेर टोल छिमेक परिक्रमा गरी फागु मनाउने परम्परा रहेको छ ।

भक्तपुरमा आजै साँझ दत्तात्रयस्थित तचपाल भिमसेन मन्दिरको पाटीमा प्रदर्शनीमा राखिएको काठको बडेमानको पुरुष लिङ्गलाई नगर परिक्रमा गरी ब्रम्हायणी मन्दिरस्थित खोलामा लगेर पखाल्ने र पुन: मन्दिरमा राखेपछि यसवर्षको फागुपर्व सम्पन्न हुने परम्परा छ । यसरी लिङ बोकेर जाने व्यक्तिको छोरा जन्मन्छ भन्ने जनश्रुती रहेको पाईन्छ ।