काठमाडौँ। प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का प्युठानस्थित प्रतिनिधि सभा उम्मेदवारले आफ्नो प्रत्यक्षतर्फको उम्मेदवारी निष्क्रिय बनाएको जानकारी सार्वजनिक गरेका छन्।
पार्टीका तर्फबाट मनोनयन दर्ता गराई निर्वाचन अभियानमा संलग्न रहेका श्यामलाल गहतराजले विज्ञप्ति जारी गर्दै आफूले प्रत्यक्ष प्रतिस्पर्धाबाट अलग रहने निर्णय लिएको स्पष्ट पारेका हुन्।
यद्यपि, समानुपातिक निर्वाचन प्रणालीतर्फ भने मतदातालाई प्रगतिशील लोकतान्त्रिक पार्टीकै पक्षमा मत दिन आग्रह गरिएको छ। उम्मेदवारी निष्क्रिय पार्ने निर्णयसँगै उनले कुनै पनि अन्य दल वा उम्मेदवारप्रति समर्थन व्यक्त नगरेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।







