२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कुवेतमा अमेरिकी लडाकु विमान दुर्घटनाग्रस्त

अ+ अ-

काठमाडौँ । खाडी मुलुक कुवेतमा अमेरिकी लडाकु विमान दुर्घटनामा परेको घटना सार्वजनिक भएको छ।

अमेरिकी टेलिभिजन नेटवर्क (सिएनएन)का अनुसार सोमबार बिहान अल जहरा क्षेत्र नजिक उक्त दुर्घटना भएको हो। दुर्घटनास्थल कुवेतस्थित अमेरिकी वायुसेनाको अड्डा अलि अल सलेम एयरबेसबाट करिब १० किलोमिटर दूरीमा रहेको उल्लेख गरिएको छ।

प्रारम्भिक विवरणअनुसार एकभन्दा बढी लडाकु विमान दुर्घटनामा परेको जनाइएको छ। कुवेतको रक्षा मन्त्रालयले केही सैन्य विमान दुर्घटनामा परेको पुष्टि गर्दै चालक दलका सबै सदस्य सुरक्षित रहेको जानकारी दिएको छ।

मन्त्रालयका प्रवक्ता कर्नेल सइद अल अत्वानले विज्ञप्ति जारी गर्दै घटनापछि तत्काल खोज तथा उद्धार कार्य सुरु गरिएको बताएका छन्। दुर्घटनास्थलबाट चालक दलका सदस्यलाई सुरक्षित उद्धार गरी स्वास्थ्य परीक्षणका लागि अस्पताल पठाइएको र उनीहरूको स्वास्थ्य अवस्था स्थिर रहेको जनाइएको छ। साथै, घटनासम्बन्धी विषयमा अमेरिकी अधिकारीहरूसँग प्रत्यक्ष समन्वय भइरहेको मन्त्रालयले जनाएको छ।

घटनासम्बन्धी भिडिओ सामग्री पनि सार्वजनिक भएको छ। सार्वजनिक दृश्यमा आगलागी भएको एक लडाकु विमान आकाशबाट घुम्दै खसिरहेको देखिन्छ भने अर्को दृश्यमा एक पाइलट प्यारासुटमार्फत जमिनतर्फ झरिरहेको देखिन्छ।

दुर्घटनाको कारण तथा सम्बन्धित वायुसेनाबारे औपचारिक पुष्टि भइसकेको छैन। यद्यपि दृश्य विश्लेषणका आधारमा उक्त दुई इन्जिनयुक्त लडाकु विमान अमेरिकी एफ-१५ई मोडेलसँग मिल्दोजुल्दो देखिएको सिएनएनले जनाएको छ।

यसैबीच बेलायतबाट प्रकाशन हुने अनलाइन पत्रिका द टेलिग्राफले इरानी अधिकारीहरूलाई उद्धृत गर्दै उक्त विमान इरानले खसालेको दाबी गरेको समाचार सार्वजनिक गरेको छ। सो दाबीबारे आधिकारिक पुष्टि भने हालसम्म भएको छैन।