२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दिवंगत अभिभावकका स्मृतिमा पाँच लाखको अक्षयकोष स्थापना

अ+ अ-

म्याग्दी । रघुगंगा गाउँपालिका–१ बेगको स्वास्थ्यचौकीमा एक दम्पतीले दिवंगत अभिभावकको स्मृतिमा रु पाँच लाखको अक्षयकोष स्थापना गरेका छन् । बेगखोला घर भई हाल बेलायतमा कर्मथलो बनाएका नगेन्द्र पाइजा र उनकी श्रीमती लक्ष्मीदेवीले विपन्न वर्गहरूलाई लक्ष्य गरी स्व पिता जसबहादुर पाइजा र आमा मनिषा पाइजाको स्मृतिमा अक्षयकोष स्थापना गरेका हुन् ।

जन्मथलोमा आएका पाइजा दम्पतीले बेग स्वास्थ्यचौकीका व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका वडाध्यक्ष बिलप्रसाद फगामीलाई अक्षयकोषको रकम हस्तान्तरण गरेका थिए ।

उक्त रकमको ब्याजबाट स्वास्थ्यचौकीमा उपचारका लागि आउने विपन्नहरूको थप उपचारका लागि सहयोग गरिने वडाध्यक्ष फगामीले बताए । उनका अनुसार थप उपचारका लागि बजारका अस्पतालमा जानुपर्ने विपन्नहरूका लागि यातायात खर्च, दुर्घटना, विपद् प्रभावितहरूलाई आकस्मिक अवस्थामा अक्षयकोषको रकम परिचालन गरिने भएको छ ।