हुम्ला । यही फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि उत्तरी नाम्खा गाउँपालिका–५ स्थित हिल्सा नाका बन्द भएको छ ।
निर्वाचनलाई लक्षित गरी चीनसँग सीमा जोडिएको हुम्लाको हिल्सा नाका आउजाउ बन्द गरिएको हो ।
सोमबारदेखि उत्तरी नाम्खा गाउँपालिका–५ स्थित हिल्सा नाका बन्द भएको जिल्ला प्रहरी कार्यालय हुम्ला जनाएको छ ।
निर्वाचनको मत परिमाण नआउनजेल हिल्सा नाका बन्द गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी शंकर खडकाले बताएका छन् ।







