२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचन अवधिलाई मध्यनजर गर्दै वीर अस्पतालमा २६ सदस्यीय द्रुत स्वास्थ्य प्रतिक्रिया टोली तयारी अवस्थामा

अ+ अ-

काठमाडौं । आगामी २१ फागुनमा निर्धारित प्रतिनिधि सभा सदस्य निर्वाचनका क्रममा सम्भावित स्वास्थ्य आपत्कालीन अवस्थालाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न वीर अस्पतालले विशेषज्ञ चिकित्सकसहितको ‘र्‍यापिड रेस्पोन्स टिम (आरआरटी)’ गठन गरेको जनाएको छ।

निर्वाचन अवधिमा हुन सक्ने दुर्घटना, झडप वा अन्य आकस्मिक स्वास्थ्य समस्याको तुरुन्त उपचार तथा समन्वयका लागि २६ सदस्यीय उच्चस्तरीय टोली खडा गरिएको अस्पताल प्रशासनले स्पष्ट गरेको छ। उक्त टोली आकस्मिक विभागका प्रमुख डा. सुरेशप्रसाद नेपाल को संयोजकत्वमा सञ्चालन हुनेछ र निर्वाचन अवधिभर उच्च सतर्कतामा रहने व्यवस्था गरिएको छ।

टोलीमा आकस्मिक, शल्यचिकित्सा, मेडिसिन लगायत विभिन्न विभागका विशेषज्ञ चिकित्सकहरू समावेश छन्। संयोजक डा. नेपालसँगै डा. मीनचन्द्र अधिकारी, डा. विनोद शेरचन, डा. अनिप जोशी, डा. सुधांशु केसी र डा. ऋतु प्रधान सदस्यका रूपमा रहेका छन्।

त्यसैगरी, विशेषज्ञ समूहमा डा. रविनबहादुर बस्नेत, डा. अनिता जिसी, डा. प्रमोदकुमार कोइराला, डा. अपार लामिछाने, डा. अनिल बराल, डा. शरद पोखरेल, डा. प्रज्वल श्रेष्ठ, डा. राजीव झा, डा. समीर पौडेल, डा. दिनेश चापागाईँ, डा. लिसा गौचन, डा. लता गौतम, डा. अजित खनाल, डा. विवेक आचार्य, डा. विकासविक्रम अधिकारी, डा. सुनिलराम कोइराला तथा डा. आरती कारखेती सहभागी छन्।

प्रशासनिक तथा औषधि व्यवस्थापन पक्षबाट नर्सिङ प्रशासक संगिता श्रेष्ठ र फार्मेसी प्रमुख मानबहादुर महरा संलग्न रहेका छन्। सदस्य सचिवको जिम्मेवारी नरेन्द्र खनाल ले सम्हाल्ने व्यवस्था गरिएको छ।

अस्पतालले निर्वाचन अवधिभर आकस्मिक बिरामीहरूको उपचार तथा समन्वयात्मक कार्यमा उक्त टोलीले नेतृत्वदायी भूमिका निर्वाह गर्ने जनाएको छ।