२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि रुपन्देहीमा खटिए ४ हजार जना कर्मचारी

अ+ अ-

काठमाडौँ । बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि रुपन्देहीमा ४ हजार ४ सय ४ जना कर्मचारी खटिएका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाभर ७ सय ३६ जना मतदान अधिकृत र त्यति नै सङ्ख्यामा सहायक मतदान अधिकृत खटिएका छन्।

जिल्ला निर्वाचन कार्यालयका अनुसार रुपन्देहीमा पाँच वटा निर्वाचन क्षेत्रमा ६ लाख ७२ हजार ५ सय २३ जना मतदाता छन्। यी मतदाताहरूले जिल्लाभरका २ सय १३ मतदान स्थलमा तय गरिएका ७ सय ३६ मतदान केन्द्रबाट मतदान गर्ने छन्।

सबै मतदान केन्द्रमा एक एक जना मतदान अधिकृत र एक एक जना सहायक मतदान अधिकृत सहित कर्मचारी खटाइएको छ । रू

निर्वाचनमा मतदाताहरूको सहजताको लागि २ हजार २ सय ३ जना स्वयंसेवक कर्मचारी समेत खटाइएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार रुपन्देहीमा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ।

सोमबार मध्यरातदेखि मौन अवधि सुरु भएपछि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयले मतदान स्थल, केन्द्र र मतगणना स्थलमा आवश्यक तयारी तीव्र रूपमा अगाडि बढाएका हुन्।

मंगलबार बिहानैदेखि नै मतदान स्थलहरूमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, कर्मचारी र सुरक्षाकर्मीहरू पुगिसकेका छन्।

रुपन्देहीका पाँच वटा निर्वाचन क्षेत्रमा मतपत्र, मतपेटिका, सिल, छाप लगायतका आवश्यक सामग्री पठाउने काम भइरहेको छ।