२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्धक्क मतदान गर्न इन्सेकको आह्वान

अ+ अ-

काठमाडौँ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले निर्धक्क मतदान गर्न आह्वान गरेको छ। भदौ २३ र २४ गते युवा पुस्ताले गरेको प्रदर्शनपछि उत्पन्न विशेष परिस्थितिमा हुन लागेको यो निर्वाचनलाई लोकतान्त्रिक प्रक्रियाप्रति जनविश्वास पुनर्स्थापित गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको इन्सेकले जनाएको छ।

‘युवाको प्रदर्शनले राज्यप्रति युवापुस्ताको असन्तुष्टि, जबाफदेहिता र सुशासनको माग, नागरिक स्वतन्त्रता तथा राजनीतिक उत्तरदायित्वका सबाललाई बलियो रूपमा अघि सारेको थियो। यस्तो पृष्ठभूमिमा हुन लागेको निर्वाचनले राजनीतिक वैधता सुदृढ गर्दै मानव अधिकारप्रतिको प्रतिबद्धतालाई व्यवहारमा अझ मजबुत बनाउने अपेक्षा गरिएको छ, ’इन्सेकद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ।

इन्सेकका अध्यक्ष विजयराज गौतमले निर्वाचन मानव अधिकारका दृष्टिले केवल प्रतिनिधि चयनको प्रक्रिया मात्र नभई नागरिकको सार्वभौम अधिकारको अभ्यास भएको उल्लेख गरेका छन्। उनका अनुसार निर्वाचन अभिव्यक्ति स्वतन्त्रता, विचार तथा राजनीतिक आस्थाको स्वतन्त्र प्रयोग र राज्य शक्तिमाथि नागरिक नियन्त्रणको संवैधानिक माध्यम हो।

मतदाताले बिना भय, धम्की, प्रलोभन, दुरुपयोग वा हिंसारहित वातावरणमा मताधिकार प्रयोग गर्न पाउनु मौलिक अधिकार भएको इन्सेकले जनाएको छ। स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचन लोकतान्त्रिक शासन प्रणाली र मानव अधिकार संरक्षणको आधारशिला भएको पनि विज्ञप्तिमा उल्लेख छ।

इन्सेकले मौन अवधिदेखि मतदान तथा मतगणनासम्मका गतिविधिको मानव अधिकारका दृष्टिले अनुगमन गरिरहेको जनाएको छ। संस्थाका २ सय ३० भन्दा बढी पर्यवेक्षक निर्वाचन पर्यवेक्षणमा खटिएका छन्। मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको अभिलेखका लागि इन्सेकले १८१०५०००४३३ नम्बरको टोलफ्री सेवा सञ्चालनमा ल्याएको छ। उक्त नम्बरमा सम्पर्क गरी निर्वाचन आचारसंहिता उल्लंघन तथा मानव अधिकार उल्लंघनसम्बन्धी सूचना उपलब्ध गराउन सकिनेछ।

इन्सेकले नागरिक सहभागिताले लोकतन्त्रलाई बलियो बनाउने उल्लेख गर्दै मतदानलाई राजनीतिक कर्तव्य मात्र नभई मानव अधिकारको प्रयोगका रूपमा लिन आग्रह गरेको छ। साथै, भोलिको निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय बनाउन लोकतान्त्रिक मूल्यमान्यता सुदृढ गर्ने सामूहिक प्रयासमा सबैको सक्रिय सहभागिता अपेक्षित रहेको जनाएको छ।

संस्थाले सम्पूर्ण राजनीतिक दल, उम्मेदवार, सुरक्षा निकाय तथा निर्वाचनसँग सम्बन्धित सबै पक्षलाई शान्तिपूर्ण, संयमित र अधिकारसम्मत आचरण गर्न आग्रह गरेको छ। मतदातामाथि कुनै किसिमको दबाब, धम्की वा प्रलोभन नदिन तथा सामाजिक सद्भाव र सहिष्णुता कायम राख्न समेत अनुरोध गरिएको छ।