२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

अ+ अ-

काठमाडौँ । आज नि:शस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।

संयुक्त राष्ट्रसंघको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको दिवसका रूपमा मनाउने निर्णय गरेअनुसार यो दिवस पहिलो पटक ५ मार्च २०२३ मा औपचारिक रूपमा मनाइने भएको हो ।

कोभिड–१९ पछिको विश्व परिवेशमा बढ्दो द्वन्द्व, सैन्य खर्चमा वृद्धि तथा आणविक जोखिमका चुनौतीले शान्ति प्रक्रियालाई अझ जटिल बनाएको सन्दर्भमा यस दिवसको महत्व झनै बढेको छ । विज्ञहरूका अनुसार नि:शस्त्रीकरण केवल युद्धको अन्त्य मात्र होइन, दिगो शान्तिको आधार पनि हो । यसले मानव सुरक्षा, आर्थिक विकास र सामाजिक स्थायित्वमा सकारात्मक प्रभाव पार्ने विश्वास राष्ट्रसंघले व्यक्त गरेको छ ।

नि:शस्त्रीकरण केवल सैन्य वा राजनीतिक मुद्दा मात्र नभई दिगो विकास, मानव अधिकार र साझा समृद्धिसँग प्रत्यक्ष रूपमा जोडिएको विषय हो । त्यसैले अन्तरराष्ट्रिय सहकार्य र संवादमार्फत मात्र दीर्घकालीन शान्ति सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको छ ।

यसै अवसरमा संयुक्त राष्ट्रसंका महासचिव एन्टोनियो गुटेरेसले विश्व समुदायलाई नि:शस्त्रीकरणतर्फ ठोस र तत्काल कदम चाल्न आह्वान गरेका छन् । उनले युद्धका लागि होइन, शान्तिका लागि स्रोत र शक्ति परिचालन गर्नुपर्ने आवश्यकता औंल्याउँदै कूटनीतिक संवाद, आपसी विश्वास र बहुपक्षीय सहकार्यलाई सुदृढ बनाउन सदस्य राष्ट्रहरूलाई आग्रह गरेका छन् ।