काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले मतपेटिका र दलका प्रतिनिधिहरूको बीचको सम्बन्धलाई टुटाए निर्वाचनको वैधानिकतामाथि धेरै प्रश्न उठ्ने बताएका छन्।
मतदानपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मतपेटिका र दलका प्रतिनिधिबिच सम्बन्ध टुटाउने कुरा स्वीकार्य नहुने बताए।
उनले भने, ‘बुथबाट मतपेटिका लैजाने क्रममा दलको प्रतिनिधिहरूलाई सहभागी नगराउने, कतिपय बुथमा, मतदान केन्द्रहरूमा छलफल भइरहेको कुरा बुझिएका छौँ। त्यस्तो नगरोस्। मतपेटिका र दलका प्रतिनिधिहरूको बीचको सम्बन्धलाई टुटाउने कुरा निर्वाचन आयोग, सरकार, सेना प्रहरीले पनि नगरोस्। त्यस्तो भए निर्वाचनको वैधानिकतामाथि धेरै प्रश्न उठ्छ।’
उनले पहिलो पटक निर्वाचनमा फ्रन्टलाइनमा सेनाको परिचालन गरिएको बताएका छन्।







