काठमाडौँ। काठमाडौँको भद्रकालीस्थित अस्थायी मतदान केन्द्रमा नेपाली सेनाले मतदान गरेका छन् ।
निर्वाचन आयोगले भद्रकाली मतदान केन्द्रलाई अस्थायी मतदान केन्द्रका रूपमा तोकेको छ ।
नेपाली सेनाका अनुसार आयोगले मतदानका लागि नेपाली सेनाले नाम संकलन गरेको थियो । सम्बन्धित निर्वाचन कार्यालयबाट प्रमाणित भएका मतदाताले यस मतदान केन्द्रबाट मतदान गरेका छन् ।







