२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उत्तरी गोरखाका अधिकांश केन्द्रमा मतदान सकियो, हिमाली क्षेत्रमा मतदाता सहभागिता कम

अ+ अ-

गोरखा । उत्तरी गोरखाका अधिकांश मतदान केन्द्रमा मतदान सकिएको छ । हिमाली क्षेत्रका एक सय र एक सयभन्दा कम मतदाता रहेका केन्द्रहरूमा मतदान सकिएको निर्वाचनमा खटिएका कर्मचारीले जानकारी दिएका छन् ।

मतदान सकिए पनि नियमानुसार ५ः०० बजेसम्म मतदान केन्द्रमा बस्नुपर्ने प्रावधान अनुसार कुरेर बसेको फिलिम आधारभूत विद्यालय पातीका मतदान अधिकृत विष्णुप्रसाद तिमिल्सिनाले बताए । “यस मतदान केन्द्रमा रहेका १९८ मतदातामध्ये १२ः०० बजेसम्म १३८ मत खसेको छ, त्यसपछि कोही पनि मतदान गर्न आउनुभएको छैन । नियमानुसार ५ः०० बजेसम्म कुरेर बस्नुपर्ने भएकाले केन्द्रमा नै बसिरहेका छौँ”, उनले भने । उनका अनुसार पार्टीका प्रतिनिधिले भोट हाल्न आउने मतदाता यति नै हुन् भनेका छन् ।

सिदुङ आधारभूत विद्यालय सस्र्युँमा पनि मतदान सकिएको छ । यहाँ १४५ मतदाता रहेकामा ८६ मत खसेपछि मतदाता आउन छोडेका मतदान अधिकृत प्रकाश काफ्लेले जानकारी दिए । उनले पनि ५ः०० बजेसम्म कुर्नुपर्ने नियमानुसार बसिरहेको बताए ।

क्वाक आधारभूत विद्यालय मतदान केन्द्रमा कूल एक सय मतदाता रहेकामा ४० मत खसेपछि मतदाता आउन छोडेका मतदान अधिकृत विपिन रेग्मीले जानकारी दिए । एक सय ११ जना मतदाता रहेको छाक आधारभूत विद्यालयमा ५५ मत खसेपछि मतदाता आउन छाडेका मतदान अधिकृत रमेश ढकालले बताए ।

एक सय चार मतदाता रहेको साम्दो आधारभूत विद्यालयस्थित केन्द्रमा बिहान ११ः०० बजेसम्म २४ मत खसेपछि मतदाता आउन छाडेका मतदान अधिकृत विजय श्रेष्ठले जानकारी दिए । जाडो छल्न काठमाडौँलगायत अन्य जिल्लामा झरेका मतदाता केही बाटोमा आउँदै गरेका जानकारी प्राप्त भएकाले मतदाता सङ्ख्या बढ्न सक्ने उनले बताए।

चुमनुब्री–५ को क्राक आधारभूत विद्यालयस्थित मतदात केन्द्रमा रहेका १३७ मतदातामध्ये ८० मत खसेपछि मतदाता आउन छाडेका मतदान अधिकृत बलराम श्रेष्ठले उल्लेख गरे । “नियमानुसार मतदान केन्द्रमा कुरेर बसिरहेका छौँ”, उनले भने ।

त्यस्तै, १३७ मतदाता रहेका वुद्ध हिमाली आधारभूत विद्यालय मतदात केन्द्रमा ९० मत, चुम्लिङ आधारभूत विद्यालय चुम्चेत मतदात केन्द्रमा रहेका १७५ मतदातामध्ये १२ः०० बजेसम्म ६९ मत र १७६ मतदाता रहेका सिद्ध गणेश आधारभूत विद्यालयमा ८४ मत खसेपछि मतदाता आउन छाडेका मतदान अधिकृत सन्दीप मरहट्टाले जानकारी दिए ।

“लार्केबजार स्वास्थ्य चौकी मतदान केन्द्र नाम्रुङमा १ः०० पनि कोही मतदाता आएका छैनन्”, मतदान अधिकृत राजेन्द्र खनालले भने । जिल्लाको सबैभन्दा कम ७६ मतदाता रहेकामा हालसम्म २४ जनाले मतदान गरेका उनले जानकारी दिए ।