काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)प्रति देशव्यापी जनलहरलाई आम जनताद्वारा सुशासन र समृद्धि प्राप्तिको आकांक्षा सहितको शान्त विद्रोहका रूपमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले व्याख्या गरेका छन्।
प्रारम्भिक मत परिणाम सार्वजनिक भइरहेका बेला सामाजिक सञ्जालमार्फत प्रतिक्रिया व्यक्त गर्दै भट्टराईले भनेका छन् कि, “ऐतिहासिक परिस्थितिमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा नवोदित दल रास्वपाले व्यापक जनसमर्थन पाएको छ। यो समर्थन मूलतः सुशासन र समृद्धि चाहने आम जनताको शान्त अभिव्यक्तिको रूपमा लिनु पर्छ।”
साथै उनले रास्वपा र यसको नेतृत्वलाई बधाई दिनुका साथै आगामी चुनौतीहरूको सामना गर्दै जनताको अपेक्षालाई शीघ्र पूरा गर्न सफलताको कामना पनि गरेका छन्।
भट्टराईका अनुसार, देशमा विद्यमान आन्तरिक र बाह्य राजनीतिक चुनौतीहरूको व्यवस्थापन गर्दै रास्वपाले जनताको न्यायोचित अपेक्षाहरू पूरा गर्न सफल होस् भन्ने उनको शुभकामना व्यक्त गरिएको छ।







