२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाजुरामा मतगणना सुरु

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत बाजुरामा मतगणना कार्य सुरु भएको छ। शुक्रबार दिउँसो सर्वदलीय सहमति पश्चात् मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतगणना सुरु गरिएको छ। 

निर्वाचन सम्पन्न भएपछि मतपेटिकाहरू सुरक्षित रूपमा संकलन गरी सदरमुकाम मार्तडीस्थित गणना स्थलमा ल्याइएको थियो। त्यसपछि सर्वदलीय बैठक बसेर मतगणनाको प्रक्रिया अघि बढाइएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

मतगणना स्थलमा सुरक्षा व्यवस्थालाई कडा बनाइएको छ। नेपाली सेना नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र निर्वाचन प्रहरीको संयुक्त टोलीले गणना स्थल तथा आसपासको क्षेत्रमा सुरक्षा व्यवस्था मिलाएको छ। अब मतगणना सुरु भएसँगै बाजुरामा निर्वाचन परिणामप्रति चासो बढेको छ भने विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा सर्वसाधारणले मतगणनाको नतिजा नजिकबाट नियालिरहेका छन्।

निर्वाचन कार्यालयका अनुसार प्रारम्भिक परिणाम केही समय समयमा माइकिङ गरेर सार्वजनिक गरिने व्यवस्था गरिएको छ। बिहीबार भएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ८७ हजार ८६१ मतदाता रहेको बाजुरामा ४५ हजार ३९० अर्थात् ५१.६६ प्रतिशत मत खसेको थियो।