२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामाजिक क्षेत्रबाट संसदको यात्रामा बिना गुरुङ

अ+ अ-

पोखरा (कास्की) । सामाजिक क्षेत्र, महिला सशक्तीकरण र शिक्षा क्षेत्रमा लामो समयदेखि सक्रिय बिना गुरुङले पहिलोपटक संघीय संसद्मा प्रवेश गरेकी छन् । उनी प्रतिनिधि सभा सदस्यका लागि कास्की निर्वाचन क्षेत्र नं ३ मा प्रतिस्पर्धीलाई फराकिलो मतान्तरले जित हासिल गर्न सफल भएकी छन् ।

प्रतिनिधि सभा सदस्यको निर्वाचनमा गुरुङ ३७ हजार ७५० मतसहित विजयी बनेकी छन् भने उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका मनोज गुुरुङले १२ हजार ७८० मत पाए । नेकपा (एमाले) का दामोदर बैरागीले सात हजार ९०६ मत पाए । बैरागी यसअघि यसै निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए ।

सञ्जिवनी दिदीबहिनी केन्द्र नेपालको संस्थापक अध्यक्षसमेत रहेकी गुरुङ महिला दिदीबहिनीहरूको प्रेरणा स्रोत बन्दै आएकी छन् । महिला उद्यमशीलता प्रवर्द्धन, स्थानीय उत्पादनको बजारीकरण तथा समुदायमा सामाजिक अभियान सञ्चालनमा सक्रिय रहँदै राजनीतिक यात्रामा जोडिएकी थिईन् ।

श्रीमान्, एक छोरा एक छोरीका साथ पोखरा–५ मा बस्दै आएकी गुरुङ २०७२ सालको भूकम्प र कोभिड–१९ महामारीका बेला विभिन्न क्षेत्रमा राहत तथा स्वास्थ्य सामग्री वितरणमा सक्रिय रहेकी थिईन् । विजयपछि कास्की–३ को समग्र विकास, सुशासन र जनताको अपेक्षाअनुसार काम गर्ने उनले प्रतिबद्धता व्यक्त गरिन । पर्यटन प्रवर्द्धन, महिला उद्यमशीलता, सहकारीपीडितको समस्या समाधान तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गर्ने सांसद गुरुङले बताईन् ।

उनले भनिन्, “म सामाजिक क्षेत्र र उद्यमशीलताको यात्राबाट राजनीतिमा आएकी छु, अब राजनीतिको यो नयाँ यात्रालाई पनि आफ्नो इमान्दारिता जनभावनाअनुरुप काम गर्नेछु ।”

सांसद गुरुङले जेनजी आन्दोलनको मर्मसहित जनताको यो विश्वास र जनमतलाई नतिजामा उतार्नका लागि नीतिगत तहमा आफ्नो भूमिका सशक्त गराउँदै लैजाने बताईन् ।