२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इलाम–२ बाट एमाले उम्मेदवार सुहाङ नेम्बाङ निर्वाचित

अ+ अ-

फिक्कल (इलाम) । प्रतिनिधि सभा सदस्य निर्वाचनमा इलाम–२ बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ नेम्बाङ निर्वाचित भएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार एमाले उम्मेदवार नेम्बाङले नेपाली काँग्रेसका उम्मेदवार भेषराज आचार्यलाई सात हजार ७७६ मतको फराकिलो अन्तरले पराजित गरेका हुन् । नेम्बाङ २२ हजार ४२६ मतका साथ निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृत रोशन गजुरेलले जानकारी दिए । उनका निकटतम प्रतिष्पर्धी काँग्रेसका आचार्यले १४ हजार ६५० मत प्राप्त गरे ।

यस्तै श्रम संस्कृति पार्टीका सुदिप राईले १४ हजार ४०० मत, राष्ट्रिय स्वतन्त्र पार्टीका गोकुलबहादुर राईले सात हजार ८१४ मत तथा नेपाली कम्युनिस्ट पार्टीका ओमबहादुर गुरुङले एक हजार १७२ मत प्राप्त गरे ।

प्रतिनिधि सभा सदस्यमा नेम्बाङको यो दोस्रो विजय हो । यसअघि २०८१ वैशाख १५ गते भएको उपनिर्वाचनमा नेम्बाङले यही क्षेत्रबाट काँग्रेसकै उम्मेदवार डम्बरबहादुर खड्कालाई पाँच हजार ८२० मतान्तरले पराजित गरेका थिए। नेम्बाङले २७ हजार ७७२ मत प्राप्त गरी निर्वाचित हुँदा खड्काले २१ हजार ९४२ मत प्राप्त गरेका थिए।

आचार्यको भने यो दोस्रो पराजय हो । यसअघि २०७० सालको संविधान सभा निर्वाचनमा आचार्य सुहाङकै बुबा सुवासचन्द्र नेम्बाङसँग दुई हजार १०२ मतले पराजित भएका थिए ।

यही फागुन २१ गते भएको निर्वाचनमा यो क्षेत्रमा कुल एक लाख १९ हजार ४८९ मतदातामध्ये ६७ हजार ६६४ मत खसेको थियो । यहाँ तीन हजार ८८३ मत बदर भएको छ । यहाँ विभिन्न १३ राजनीतिक दल र एक स्वतन्त्रसमेत गरी जम्मा १४ उम्मेदवार चुनावी प्रतिष्पर्धामा छन् ।