२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लमजुङमा नौ उम्मेदवारको जमानत जफत

अ+ अ-

लमजुङ । बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत लमजुङमा १२ उम्मेदवारमध्ये नौ जना उम्मेदवारको जमानत जफत भएको छ । 

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ (१) बमोजिम कुल सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसकेपछि उनीहरूको धरौटी जफत भएको हो । कुल सदर मत ७३ हजार १० मत रहेको र यसको १० प्रतिशत अर्थात् सात हजार बढी मत ल्याउन नसक्दा उनीहरूको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालयको प्रमुख यादवराज आचार्यले बताए। 

उनका अनुसार धरौटी जफत हुनेहरूमा नेकपाको हरिजंग तामाङ,  राप्रपाका केबिन्द्रजंग गुरुङ, श्रम संस्कृति पार्टीका कोषलाल गुरुङ, नेपाल मजदुर किसान पार्टीका गुजेश्वर प्रजापति मगजु, मङ्गोल नेसनल अर्गनाइजेसनका विकास गुरुङ, जनादेश नेपालका मिलन बास्कोटा, नेकपा (माओवादी) का रवीन्द्र नाखोला, नेसनल रिपब्लिक नेपालका भरत गुरुङ र स्वतन्त्र उम्मेदवार सन्तोष घिमिरेको जमानत जफत भएको छ । 

धरौटी जफत भएकामध्ये सबैभन्दा धेरै नेकपाका तामाङले तीन हजार ३७१ र राप्रपाका गुरुङले एक हजार, श्रम संस्कृति पार्टीका गुरुङले ५६५ मत प्राप्त गरेका छन् ।अन्य उम्मेदवारले ५०० मत पनि कटाउन सकेनन् । 

लमजुङबाट विजयी रास्वपाका धर्मराज केसीले ३३ हजार ८९८ मत, नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङले १६ हजार ८७६ र नेपाली काँग्रेसका गमप्रसाद गुरुङले १६ हजार ५६९ मत प्राप्त गरेका छन् । 

कुल खसेको सदर मतको १० प्रतिशत प्राप्त नगरेमा जमानत जफत हुने कानुनी व्यवस्था छ । निर्वाचन ऐनको दफा ७० (१) अनुसार प्रत्यक्ष निर्वाचन ऐनको दफा ७० (१) अनुसार प्रत्यक्ष उम्मेदवारले रु १० हजार धरौटी राख्नुपर्छ । उक्त दफाको उपदफा (२) मा महिला र दलित वा अल्पसङ्ख्यक समुदायका उम्मेदवारले उपदफा १ बमोजिमको धरौटीमा ५० प्रतिशत छुट पाउने व्यवस्था छ । 

प्रतिनिधि सभा सदस्य निर्वाचन निर्देशिका–२०८२ को दफा ६४ अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिमको निर्वाचनमा खसेको जम्मा सदर मतको १० प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुने प्रावधान छ । 

एक मात्रै संघीय निर्वाचन क्षेत्र रहेको लमजुङमा एक लाख ३७ हजार १२४ मतदातामध्ये ७५ हजार ४६० मत खसेको थियो । जसमा ७३ हजार १० मत सदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यस कार्यालयका अनुसार प्रत्यक्षतर्फ दुई हजार ४५० मत बदर भएको छ ।

 एकभन्दा बढी चिन्नम छाप लगाउने, मतदाता झुकिनुलगायत कारणले यतिका मत बदर भएको जिल्ला निर्वाचन कार्यालय प्रमुख आचार्यले बताए ।  जिल्लामा १३० मतदान स्थल तथा एक अस्थायीसहित १९३  मतदान केन्द्र रहेको थियो ।