काठमाडौँ। इलाम-१ मा नेपाली काँग्रेसका निश्कल राई विजयी भएका छन्। योसँगै काँग्रेसको १८ सीट पुगेको छ।
काँग्रेसका राईले १४ हजार ५४३ मत ल्याएर श्रम संस्कृति पार्टीका विनोद नेम्बाङ लिम्बुलाई हराएका हुन्।
लिम्बु १३ हजार ६३२ मतमा रोकिए। नेकपाका काजी मान कागते ११ हजार ९६६ मत ल्याएर तेस्रो हुँदा रास्वपाका विमल गदालले ९ हजार १६० मत पाए।







