२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुई सय दश दिन पछि अन्त्य भयो शुक्लाफाँटा आरक्ष विस्थापितको अनशन 

अ+ अ-

काठमाडौँ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा विस्थापित परिवारले पुन:स्थापनाको माग राख्दै २१० दिनअघि सुरु गरेको अनशन आज अन्त्य गरेका छन् । नवनिर्वाचित प्रतिनिधि सभा सदस्य दीपकराज बोहराको उपस्थितिमा विस्थापित परिवारले अनशन तोडेका हुन् ।

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर-२ बाट निर्वाचित बोहराले विस्थापित परिवारको स्थायी बसोबासको समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएपछि विस्थापित परिवारले अनशन अन्त्य गरेका हुन् ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज (तत्कालीन शुक्लाफाँटा आरक्ष) विस्तारका क्रममा विस्थापित भएका परिवारले विगत लामो समयदेखि पुन:स्थापनाको माग गर्दै आन्दोलन गर्दै आएका थिए । पछिल्लो समय विस्थापित परिवार कृष्णपुर नगरपालिका-२ वनहरा नजिक सडक छेउमा पाल टाँगेर निरन्तर अनशनमा थिए । उनीहरूले सरकार तथा सरोकारवाला निकायलाई समस्या समाधानका लागि दबाब दिँदै आएका थिए ।

नवनिर्वाचित प्रतिनिधि सभा सदस्य बोहराले विस्थापित परिवारको समस्या गम्भीर रहेकाले यस विषयलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले विगतमा गठन भएका विभिन्न आयोगले तयार पारेका प्रतिवेदन अध्ययन गरेर पुन:स्थापनाका लागि ठोस पहल गर्ने बताए । “तपाईँहरूका समस्या धेरै वर्षदेखि समाधान हुनुपर्ने थियो, भएन”, उनले भने, “तपाईँहरूसँग थप छलफल, अन्तरक्रिया गरेर समाधानको बाटो खोज्नेछु ।” सडकछेउमा बसेर अनशन गर्दा दुर्घटनाको जोखिमसमेत रहेको उल्लेख गर्दै उनले अनशन तोड्न आग्रह गरेका थिए । 

अनशन तोड्ने क्रममा आरक्ष विस्थापित संघर्ष समितिका अध्यक्ष प्रेमदत्त भट्टले नवनिर्वाचित सांसद बोहरामाथि विश्वास गरेर आफूहरूले अनशन अन्त्य गरेको बताए ।

“हामीले तपाईँलाई भरोसा गरेर संसदमा पठाएका छौँ”, उनले भने, “विगतका सांसद र सरकारहरूले देखाएकोजस्तो व्यवहार दोहोरिनुहुँदैन भन्ने हाम्रो अपेक्षा छ ।”

भट्टका अनुसार आरक्ष विस्थापितको समस्या समाधान गर्न हालसम्म ३४ वटा आयोग गठन भए पनि ठोस उपलब्धि हासिल हुन सकेको छैन । 

भट्टका अनुसार विस्थापित परिवारको पुन:स्थापनामा कहिले वन ऐनले अवरोध गरेको बहाना देखाइयो भने कहिले सरकारको अस्थिरताका कारण समस्या समाधान हुन नसकेको बताए । उनले आफूहरू विस्थापित हुनुअघि पाँच बिघा जमिनका मालिक रहेको स्मरण गर्दै अहिले घरबार विहीन अवस्थासम्म आइपुगेको दुखेसो व्यक्त गरे ।

विस्थापित परिवारका अनुसार हालसम्म दुई हजार ४७३ परिवार विभिन्न शिविरमा बस्दै आएका छन् । उनीहरू स्थायी पुन:स्थापनाको प्रतीक्षामा वर्षौँदेखि कठिन जीवन बिताउन बाध्य छन् ।