२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ढोरपाटनमा दादुरा विरुद्धको खोप अभियान सञ्चालन गरिने

अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बागलुङको ढोरपाटन नगरपालिकामा दादुराको संकमण देखिएपछि दादुरा विरुद्धको खोप सञ्चालन गर्ने भएको छ । 

नगरपालिका भित्रका १० देखि २० वर्ष उमेर समूहका करिब सात हजार बालबालिकालाई दादुरा विरुद्धको खोप लगाइने स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा.अभियान गौतमले जानकारी दिए। 

उनका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा हालै उक्त नगरपालिका-७, ८ र ९ का पाँच जनामा दादुरा संक्रमण पुष्टि भएको छ । त्यसैगरी, ५६ जना शंकास्पद बिरामीलाई निगरानीमा राखिएको छ । 

शाखा प्रमुख गौतमले अहिले संघ, प्रदेश कार्यालयबाट उक्त ठाउँमा चिकित्सकसहितको टोली पुगेर दादुरा महामारी नियन्त्रणको काम भइरहेको बताए। उनले यही फागुनको पहिलो साता भारतबाट आएका एक जना दादुरा सङ्क्रमितले दादुरा सारेको जानकारी दिए। “भारतबाट आएका एक जना बिरामी कसैलाई नभनी उपचार गर्न अस्पताल पुगेका थिए । अनि तिनै बिरामीबाट अन्य मानिसमा दादुरा फैलिएको अनुमान गरिएको छ”, उनले भने, “एक जना संक्रमितबाट अर्कोमा फैलिन १४ दिन लाग्ने भएकाले भर्खरै उक्त ठाउँमा दादुरा फैलिएको थाहा भएको हो ।”

दादुरा अत्यन्तै संक्रमक भएकाले एक जना संक्रमितले १८ जनासम्म संक्रमण सार्न सक्दछ । शाखा प्रमुख गौतमले १४ बिरामीको दादुरा परीक्षणका लागि आवश्यक नमूना टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको बताए। उनका अनुसार हाल त्यस क्षेत्रमा दादुराझैँ देखिने ३० जना बिरामी भर्ना भएका छन् ।