२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पश्चिम एसिया घटनाका कारण तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन : बालानन्द शर्मा

अ+ अ-

काठमाडौँ । परराष्ट्रमन्त्री बालानन्द शर्माले पश्चिम एसियामा देखिएको तनावले खाडी मुलुकमा कार्यरत श्रमिकलाई तत्कालै उद्धार गरिहाल्नुपर्ने स्थिति नरहेको बताएका छन् ।

परराष्ट्र मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले युद्ध विस्तारै शान्त हुँदै आएको ‘ब्रिफिङ’ गर्दै केही हवाई ट्रान्जिटमा रहेका नेपाली नागरिकबाहेक श्रमिकलाई तत्कालै उद्धार गर्नुपर्ने स्थीति नरहेको जानकारी दिए ।

“हामीले सम्बन्धित दूतावासमार्फत नियोगमा बुझेअनुसार तत्कालै नेपाली नागरिकलाई उद्धार गरिहाल्नुपर्ने अवस्था छैन । हामी चिन्तित हुनुपर्ने स्थीति छैन”, मन्त्री शर्माले भने, “तर, ट्रान्जिटमा परेकाहरूको हकमा उद्धार काम भइरहेको छ ।”

नेपाल सरकारले ‘इमर्जेन्सी रेस्क्यु’ टिमलाई बलियो बनाउने तयारीमा रहेको र भविष्यमा तत्काल उद्धार गर्ने पस्थिति आए तयारी रहने मन्त्री शर्माले जानकारी दिए । मन्त्रालयले प्राप्त गरेको सूचनाअनुसार अनलाइन फर्ममार्फत असुरक्षित भएको महसुस गर्नेमा पाँच हजार जना छन् ।

त्यस्तै, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले युद्धग्रस्त क्षेत्रमा कार्यरत नेपाली श्रमिक अहिलेसम्म सुरक्षित रहेको बताए । दुबईमा कार्यरत एक जना नेपालीको मृत्यु भए पनि अहिलेसम्म त्यस्तो जोखिम पूर्ण अवस्थामा श्रमिक नरहेको उनले बताए ।

युद्धको बाछिटाले १५ जना श्रमिक सामान्य घाइते भएको र अहिले १४ जना उपचारपछि निको भएर काममा फर्किएको उनले जानकारी दिए । उनका अनुसार दैनिक दुई/तीन पटक फोन सम्पर्कमार्फत सम्बन्धित नियोगमा नेपाली नागरिकको अवस्थाबारे तथ्यांक र सूचना संकलन गर्दै आएको पनि उनले बताए। “हाम्रा श्रमिक हालसम्म सुरक्षित छन्”, उनले भने, “नेपाल फर्किन चाहनेहरूलाई उद्धार गर्दैछौँ ।”

त्यस्तै, बहराइनमा युद्ध प्रभावित दुई हजार ६०० जना सेल्टरमा छन् जसमध्ये, चार नेपालीसमेत सुरक्षित रहेको मन्त्रालयको आजको ब्रिफिङमा जानकारी दिइएको छ ।

पत्रकार सम्मेलनमा मन्त्रालयले १२ दिनदेखि इजराइल अमेरिका र इरानबीचको युद्धको प्रभावले असुरक्षित महसुस गरेका नेपाली नागरिकलाई सुरक्षाको मनोभाव बढाउनसमेत आवश्यक रहेको सचिव राईले बताए । मन्त्रालयको तथ्यांक अनुसार खाडी मुलुकमा १७ लाख २९ जना नेपाली श्रमिक कार्यरत छन् ।