२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हुरीले दुई घरमा क्षति

अ+ अ-

भक्तपुर । सोमबार साँझ आएको हुरीले चाँगुनारायण नगरपालिका–२ दुवाकोट त्रिपुराटोलस्थित ठकुरी टोलमा रहेको दुई घर भत्किएर क्षति पुगेको छ । सोमबार आएको हुरीले रामहरि बस्नेतको एकतले कच्ची घरको जस्ताको छाना तथा फलामको बिमसमेत उडाउनुका साथै घर पूर्ण रूपमा क्षतिग्रत भएको हो ।

उक्त घरको छानो उडाएर नजिकै रहेको ११ हजार भोल्टेजको थ्रीफेज तारमा अड्किँदा त्यसको भार थाम्न नसरी ट्रान्सफर्मर रहेको दुई वटा सिमेन्टको खम्बासमेत भाँच्चिएर थलेको छ । उक्त खम्बा ढल्दा नजिकैको सुशीला खड्काको घरमा पनि क्षति पुगेको स्थानीय विकास प्रहरीले जानकारी दिए ।

हुरीले घर नजिकै रहेको अर्को पनि विद्युत्को खम्बा ढलेपछि सडक अवरुद्ध बनेको उल्लेख गर्दै उनले सोही कारणले आवतजावत रोकिएको बताए । उनले हुरीका कारण दुई वटा घर पूर्ण रूपमा क्षति भएको जानकारी दिए । हुरीपछि चाँगुनारायण नगर विपद् समितिले नगर प्रहरीमार्फत त्रिपालको व्यवस्था गरी घरलाई छोपेको छ ।

हुरी रोकिएपछि त्रिपुरा नगर टोल सुधार समितिका पूर्वअध्यक्ष उपेन्द्र ढकाल, समितिका अध्यक्ष श्याम थापासहितको टोली, चाँगुनारायण नगर प्रहरी, प्रहरी प्रभाग दुवाकोटको टोलीले उद्धार गरी घरलाई सुरक्षित राख्ने प्रयास गरिएको वडा नं २ का वडाध्यक्ष सोम प्रधानले बताए । घटनास्थलमा पुगेका उनले क्षतिको विवरण संकलन गरी पीडित परिवारलाई नगरपालिकामार्फत क्षतिपूर्तिको व्यवस्था गरिने उल्लेख गरे ।