२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वन डढेलो नियन्त्रणका लागि समुदायस्तरसम्म सचेतनामूलक कार्यक्रम

अ+ अ-

दमौली (तनहुँ) । डिभिजन वन कार्यालय तनहुँले वन डढेलो नियन्त्रणका लागि सामुदायिक सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने योजना अघि सारेको छ । 

वन क्षति न्यूनीकरण र समुदायलाई जिम्मेवार बनाउने लक्ष्यसहित समुदायस्तरमा पुगेर वन डढेलो नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने  डिभिजन वन कार्यालयका प्रमुख मनोज रानाभाटले जानकारी दिए। 

उनका अनुसार जिल्लामा ६२५ वटा सामुदायिक छन् । बाँदर र अन्य वन्यजन्तुले बाली र वनस्पतिमा क्षति पुर्‍याएको भन्दै कतिपयले जानीजानी सामुदायिक वनमा डढेलो लगाउने गरेको पाइएकाले सचेतना कार्यक्रम आवश्यक रहेको रानाभाटले बताए। 

उनले भने, “कतिपय स्थानमा किसानहरूले बाँदरले समस्या पुर्‍याएको भन्दै जानीजानी डढेलो लगाउने गरेको पाइन्छ । यसबाट वनमा व्यापक क्षति हुने र वातावरणीय सन्तुलन बिग्रने खतरा बढ्ने भएकाले सचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिएका छौँ ।”

उनका अनुसार वन डढेलो सप्ताहव्यापी कार्यक्रमको लक्ष्य भनेको डढेलो लाग्न नदिनु र लागेमा सुरक्षित रूपमा नियन्त्रण गर्नु हो । “वन डढेलो नियन्त्रणमा सबैभन्दा नजिक समुदाय छन् । त्यसैले सबै तहका समुदायलाई परिचालन गरेर सूचना, उपाय र सुरक्षा सम्बन्धी प्रशिक्षण दिने योजना बनाइएको छ”, उनले भने । 

प्रमुख रानाभाटका अनुसार प्रत्येक सामुदायिक वनमा आगो लगाउने जोखिम र त्यसबाट हुने नोक्सानीसम्बन्धी जानकारी प्रदान गरिनेछ । सुरक्षित डढेलो नियन्त्रण विधि ८८ र आकस्मिक अवस्था सामना गर्ने उपायबारे प्रशिक्षण गराइने । सबै सदस्य सचेत भएनन् भने डढेलो नियन्त्रण प्रभावकारी हुन नसक्ने भएकाले समुदायसँग सहकार्य र निरन्तर संवाद गरिने उनको भनाइ छ । 

रानाभाटका अनुसार सर्वसाधारणले घर नजिकैको पातपतिङ्गर सफा गर्न डढेलो लगाइदिने र सोही डढेलो वन क्षेत्रमा सल्किने गरेको छ । वन डढेलो हामी सबैको साझा चुनौती भएकाले सबै मिलेर यसको सामना गर्नुपर्नेमा उनको भनाइ छ । उनले भने, “वन डढेलोले तापक्रम बढाउनुका अतिरिक्त वन्यजन्तु तथा वनस्पतिको वासस्थान नष्ट गर्ने, माटो नाङ्गो र कमजोर बनाई भलको बहाव र गति बढाई भूक्षय, बाढी, पहिरो, डुबानजस्ता प्रकोपले धन, जन र सम्पदामा क्षति पुग्छ ।” 

वन डढेलोले कम्तीमा दश प्रतिशत तापक्रम बढाउने प्रमुख रानाभाटले जानकारी दिए। डढेलोबाट भुईँमा झरेको रुखको बीउ डढेर उम्रन नपाउने, लाथ्रा अवस्थाको वनमा डढेलो लागेमा रुखमा धोद्रो हुने, डढेलोले वनमा भएको जैविक विविधतामा ह्रास आउने, वन्यजन्तुको वासस्थान विनाश भई त्यसको संरक्षण र विकासमा बाधा पुग्ने र वनमा लागेको आगो नजिकको गाउँघरमा सरी धनजनको क्षति हुने जोखिम हुने उनले बताए । 

गर्मी मौसममा बिडी, चुरोट खाएर ननिभाइ वनमा फाल्नाले, वन्यजन्तु भगाउन आगो लगाउनाले, नयाँ घाँस उमार्नका लागि आगो लगाउनाले डढेलो बढ्न सक्ने भएकाले यसतर्फ सबै सचेत हुनुपर्नेमा उनले जोड दिए ।