२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वी नेपालमा तीव्र हावाहुरीको सम्भावना, प्राधिकरणद्वारा सतर्कता अपनाउन आग्रह

अ+ अ-

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले पूर्वी नेपालमा हावाहुरी चल्ने सम्भावना औँल्याएपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नागरिकलाई आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ।

प्राधिकरणले बिहीबार सूचना जारी गर्दै प्रि–मनसुनको अवधि रहेकाले मौसमजन्य जोखिम बढ्न सक्ने भन्दै विशेष सतर्कता अपनाउन आग्रह गरेको हो।

आगामी तीन दिनको पूर्वानुमानअनुसार चैत्र ६ गते शुक्रबार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भेगका केही स्थानमा भारी वर्षा र हिमपात हुन सक्ने देखिएको छ। त्यस्तै, शुक्रबारदेखि लुम्बिनी प्रदेशका तराई क्षेत्रका दाङ र नेपालगञ्ज आसपासका जिल्लाहरूमा तथा शनिबार पूर्वी क्षेत्रका विराटनगर, धनकुटा र धरान आसपासका क्षेत्रमा करिब ११९ किलोमिटर प्रतिघण्टासम्मको तीव्र हावाहुरी चल्ने सम्भावना रहेको उल्लेख गरिएको छ।

प्राधिकरणले उक्त अवस्थालाई ध्यानमा राख्दै विशेष आवश्यक कामबाहेक यात्रा नगर्न, हावाहुरी चल्दा घरका ढोका–झ्याल सुरक्षित रूपमा बन्द गर्न, आगोका स्रोत नियन्त्रणमा राख्न र सवारी चलाइरहेको अवस्थामा सुरक्षित स्थानमा रोकिन आग्रह गरेको छ। साथै, भिडभाडमा रहेका व्यक्तिहरूले नआत्तिई क्रमशः सुरक्षित स्थानमा सर्नुपर्नेमा पनि जोड दिइएको छ।

सूचनामा प्रि-मनसुनका कारण हावाहुरीले रुख ढल्ने, कमजोर संरचना तथा छाना उड्ने, साथै विद्युत् र सञ्चार सेवामा असर पर्न सक्ने जोखिम रहेको उल्लेख छ।

त्यसैगरी, हावाहुरीका समयमा कमजोर संरचना, अग्ला रुख, बिजुली तथा टेलिफोनका खम्बा र तारमुनि नबस्न, लत्रिएका विद्युत् तार नछुन तथा विद्युत् उपकरणको प्रयोग नगर्न समेत अनुरोध गरिएको छ।

प्राधिकरणले जल तथा मौसम विज्ञान विभागले जारी गर्ने अद्यावधिक पूर्वानुमान तथा आफ्ना सूचनाहरू नियमित रूपमा अवलोकन गर्दै आवश्यक सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ।