२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पोखरामा २१औँ नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसिप सुरु

अ+ अ-

काठमाडौँ । पोखरामा अन्तर्राष्ट्रिय स्तरको प्याराग्लाइडिङ प्रतियोगिता ‘नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसिप २०२६’ को २१औँ संस्करण सुरु भएको छ।

कार्यक्रमको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बिहीबार गरेका हुन्। प्रतियोगिता चैत ७ गतेसम्म सञ्चालन हुने जनाइएको छ। यस संस्करणमा पुरुष तथा महिला एकलतर्फ ‘एक्युरेसी’ विधा र समूहगत प्रतिस्पर्धा समावेश गरिएको छ।

कार्यक्रम संयोजक सुनिलबहादुर भट्टराईका अनुसार प्रतियोगितामा नेपालसहित भारत, चीन, फ्रान्स र जर्मनीका गरी ६२ जना पाइलट सहभागी छन्। सहभागीमध्ये १० जना महिला रहेका छन्।

पहिले सात देशका करिब एक सय खेलाडी सहभागी हुने अनुमान गरिए पनि मध्यपूर्वमा देखिएको तनावका कारण केही विदेशी खेलाडीहरूले अन्तिम समयमा सहभागिता फिर्ता लिएका कारण संख्या घटेको बताइएको छ।

प्रतियोगिताको पहिलो दिन प्रारम्भिक चरणका खेलहरू सामान्य रूपमा सम्पन्न भए पनि मौसम प्रतिकूल हुँदा १५ जना पाइलटले उडान गर्न नसकेको आयोजक संस्थाले जनाएको छ। यस प्रतियोगितामा हाल ‘एक्युरेसी’ विधा मात्र सञ्चालन गरिएको छ।

नेपाल हवाई खेलकुद संस्था द्वारा आयोजना गरिएको उक्त प्रतियोगिता चैत ७ गतेसम्म निरन्तर सञ्चालन हुनेछ।

उद्घाटन समारोहमा बोल्दै प्रमुख आचार्यले पोखराको पर्यटन प्रवर्द्धनमा प्याराग्लाइडिङको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै यसलाई थप व्यवस्थित र नियमित बनाउन विभिन्न पहल भइरहेको जानकारी दिए। अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका कारण प्रभावित उडान व्यवस्थापनलाई पुनः व्यवस्थित रूपमा अघि बढाउन सरोकारवालासँग समन्वय भइरहेको पनि उनले बताए।

प्रतियोगिताअन्तर्गत व्यक्तिगततर्फ पुरुष विजेताले एक लाख पचास हजार, उपविजेताले एक लाख र तेस्रो स्थान हासिल गर्नेले पचास हजार रुपैयाँसहित पदक र प्रमाणपत्र प्राप्त गर्नेछन्। समूहगततर्फ विजेता टोलीले ७५ हजार, उपविजेताले ५० हजार र तेस्रो हुने टोलीले २५ हजार रुपैयाँ पुरस्कार पाउने व्यवस्था छ।

महिलातर्फ विजेताले ७५ हजार, उपविजेताले ५० हजार र तेस्रो स्थान हासिल गर्नेले २५ हजार रुपैयाँसहित पदक र प्रमाणपत्र प्राप्त गर्नेछन्। उद्घाटन सत्र नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष अनिल केसीको अध्यक्षतामा सम्पन्न भएको जनाइएको छ।