२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आइतबारसम्म मेघगर्जन, असिना र हावाहुरीसहित वर्षाको सम्भावना

अ+ अ-

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी केही दिन देशका विभिन्न क्षेत्रमा हावाहुरी, मेघगर्जन तथा चट्याङसहित वर्षा हुने सम्भावना रहेको जनाएको छ।

महाशाखाले शुक्रबार साँझ सार्वजनिक गरेको तीन दिने मौसम बुलेटिनअनुसार हाल मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित अधिकांश पहाडी तथा हिमाली क्षेत्रमा बदलीको अवस्था रहेको छ। बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका सीमित क्षेत्रमा मेघगर्जनसहित मध्यम वर्षा र हिमपातसमेत भइरहेको उल्लेख गरिएको छ।

शुक्रबार रातिदेखि कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका केही क्षेत्रमा चट्याङ, असिना र हावाहुरीसहित मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ।

शनिबार देशका अधिकांश भूभागमा बदली रहने र कोशी, मधेस, बागमती तथा गण्डकी प्रदेशका धेरै स्थानमा, साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जनसहित हावाहुरी र वर्षा हुने पूर्वानुमान गरिएको छ।

आइतबार भने पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली र तराई क्षेत्रमा आंशिक बदली रहनेछ। यसदिन पहाडी तथा हिमाली भूभागका थोरै स्थान र कोशी तथा लुम्बिनी प्रदेशको तराईका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।