२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामाजिक एकता, सहिष्णुता र समावेशी विकासमा मुख्यमन्त्री आचार्यको जोड

अ+ अ-

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले धार्मिक पर्वहरूले समाजमा आपसी सद्भाव, मेलमिलाप र भाइचाराको भावना अभिवृद्धि गर्ने बताएका छन् । 

इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईद उल फित्र २०८२ का अवसरमा मुख्यमन्त्री आचार्यले आज दिएको शुभकामना सन्देशमा सामाजिक एकता, सहिष्णुता र समावेशी विकासलाई थप सुदृढ बनाउन सबैमा आह्वान पनि गरेका छन् । 

उनले नेपालको संविधानले गणतन्त्र, संघीयता, समानता, समावेशिता, धर्मनिरपेक्षता र कानुनी राज्यका मूल्यलाई संस्थागत गरेको उल्लेख गर्दै बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक समाजबीच ‘विविधतामा एकता’को भावना अझ सुदृढ बन्दै गएको बताएका छन् । 

मुख्यमन्त्री आचार्यले समावेशी विकास र समृद्धिका लागि सबै समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको स्पष्ट पारेका छन् । उनले ईद उल फित्रले त्याग, संयम, करुणा र सहअस्तित्वको सन्देश दिने उल्लेख गर्दै यस पर्वले समाजमा प्रेम, सहयोग र भाइचाराको संस्कार मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् ।  

मुख्यमन्त्री आचार्यले सन्देशमा लुम्बिनी प्रदेश सरकारले सबै धर्म, संस्कृति, परम्परा र पहिचानलाई समान सम्मान र संरक्षण गर्ने नीति अवलम्बन गर्दै आएको पनि स्पष्ट पारेका छन् ।