२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पोखरा र कोशीबीच पर्यटकीय साझेदारीमा जोड

अ+ अ-

विराटनगर । होटल संघ नेपाल(हान) पोखराको आयोजना एवं नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सहकार्यमा पूर्वी नेपालमा जारी ‘जाउँ है पोखरा’ अभियानअन्तर्गत यहाँ आयोजित कार्यक्रममा पोखरा र कोशी प्रदेशबीच पर्यटकीय साझेदारी हुनुपर्नेमा जोड दिइएको छ ।

पर्यटन राजधानी पोखरासहित गण्डकी प्रदेश र नेपालको औद्योगिक सहरका रुपमा परिचित विराटनगरसहित कोशी प्रदेश आफैँमा धेरै पर्यटकीय सम्भावनायुक्त सहर भएको भन्दै कार्यक्रमका वक्ताले पर्यटकीय साझेदारीले दुवै सहरहरू लाभान्वित हुने बताए ।

होटल संघ नेपाल कोशी प्रदेशका अध्यक्ष राजन श्रेष्ठले पर्यटकीय साझेदारीबाट गण्डकी र कोशी दुवै प्रदेश लाभान्वित हुने बताए । गण्डकी प्रदेशसँगको पर्यटकीय साझेदारीकै लागि यसअघि प्रदेशका पर्यटनमन्त्री स्तरीय समिति गठनसँगै पर्यटन सम्बद्ध संघसंस्थाबीच पनि महत्वपूर्ण प्रयासहरू भइसककेको बताउँदै उनले यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने बताए ।

होटेल संघ नेपाल कोशी प्रदेशका उपाध्यक्ष भवि श्रेष्ठले नेपालकै राम्रो सहर पोखराको माछापुुच्छे« र विश्वकै सर्वोच्च शिखर सगरमाथा रहेको प्रदेश कोशीबीच धेरै पर्यटकीय सम्भाव्यता रहेको बताए ।

पोखराको विन्ध्यवासिनीदेखि कोशीको बराहक्षेत्रलगायतका धार्मिक पर्यटकीय गन्तव्यमा पर्यटकीय साझेदारीमार्फत ठूलो सङ्ख्यामा पर्यटक आदानप्रदान गर्न सकिने उनले जानकारी दिए । होटेल संघ नेपाल पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले आन्तरिक पर्यटनकै उद्देश्यका साथ विगत २५ वर्षयता नेपालका प्रमुख सहरहरूमा ‘जाउँ है पोखरा’ कार्यक्रम सञ्चालन भइरहेको बताउँदै आफूहरू पर्यटकीय साझेदारीका लागि निरन्तर लागिरहेको बताए।

यही चैत २९ गतेदेखि वैशाख १ गतेसम्म पोखरामा फेवा नववर्ष महोत्सव गर्न लागिएको बताउँदै उनले उक्त अवसरमा पोखराका होटलमा २५ प्रतिशत छुटसहितको प्याकेज रहेको जानकारी गराए ।

पोखराको होटल क्षेत्रमा मात्रै रु छ खर्ब बढी लगानी भइसकेको बताउँदै उनले यहाँ पर्यटकलाई लक्षित गरी बनाइएका एक हजार २०० को सङ्ख्याका होटलले दैनिक ४० हजार जनासम्म पर्यटकलाई सेवा दिन सक्ने जानकारी दिए ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले हिमाल र ताललाई एक साथ अवलोकन गर्न पाइने पोखरा प्रकृतिप्रेमीका निम्ति उत्कृष्ट गन्तव्य भएको बताए ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल(टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले गण्डकी र कोशीबीचको जनस्तरको पर्यटकीय सम्बन्ध र साझेदारीका माध्यमबाट दुवै प्रदेश लाभान्वित बन्ने बताए ।

नेपाल एसोसिएसन अफ ट्राभल एण्ड टुर एजेन्ट्स कोशी प्रदेशका अध्यक्ष पुष्प भट्टराईले पर्यटकीय साझेदारीका माध्यमबाट पोखरा र विराटनगर दुवै क्षेत्र लाभान्वित हुने बताए।