काठमाडौँ । काठमाडौँ जिल्ला अदालत अगाडि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।
प्रदर्शनकारी माइतीघर मण्डलाबाट नयाँबानेश्वरतर्फ अगाडि बढ्न खोज्दा प्रहरीले बबरमहलस्थित जिल्ला अदालत अगाडि रोक्न खोज्दा झडप भएको हो ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र गृहमन्त्री सुधन गुरुङको विरुद्धमा नारााबाजी गर्दै प्रहरीको घेरा तोड्दै आक्रोशित रूपमा प्रदर्शनकारी अघि बढेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा एमाले कार्यकर्ता प्रदर्शनमा उत्रिएका छन् ।







