काठमाडौँ । नेकपा एमालेका नेता कर्णबहादुर मल्ल पक्राउ परेका छन् ।
बलात्कार सम्बन्धी कसुरमा मुगुको सोरु गाउँपालिका–१० घर भइ हाल काठमाडौँको चन्द्रागिरी नगरपालिका–७ बस्ने ५२ वर्षीय मल्ललाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।
उनलाई ललितपुर महानगरपालिका–१५ बाट पक्राउ गरिएको ललितपुरका एसएसपी होबिन्द्र बोगटीले जानकारी दिए ।
मल्लविरुद्ध बलात्कार गरेको आरोपमा एक महिलाले उजुरी दिएकी थिइन् । सोही उजुरीका आधारमा प्रहरीले शनिबार मल्ललाई पक्राउ गरेको हो ।







