१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिवविरुद्धको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन

अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव प्रदीप ढकालविरुद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतको फैसलाउपर चित्त नबुझाउँदै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

आयोगका अनुसार विशेष अदालतले प्रतिवादी ढकाललाई गैर कानुनी सम्पत्ति आर्जनसम्बन्धी मुद्दामा सफाइ दिने फैसला गरेपछि सो फैसलाविरुद्ध अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको हो । 

आयोगले ढकालले पदको दुरुपयोग गरी गैर कानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोप लगाउँदै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० (१) बमोजिम एक करोड ४४ लाख ११ हजार ७ सय ८१ रुपैयाँ ७१ पैसा बिगो कायम गरी दफा २० (२) अनुसार कैद तथा जरिवानाको मागदाबीसहित विशेष अदालतमा आरोप पत्र दायर गरेको थियो ।

त्यसै गरी, जाँच अवधिमा स्रोत नखुलेको सम्पत्ति समेत जफत गर्नुपर्ने माग गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९(ख) बमोजिम दाबी गरिएको थियो ।

तर विशेष अदालतले २०८१ जेठ १६ मा गरेको फैसला प्रमाणीकरण २०८२ असोज ५ गते भएपछि प्रतिवादीलाई सफाइ दिएको थियो । उक्त फैसलाप्रति असन्तुष्टि जनाउँदै आयोगले आज सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गरेको हो ।