काठमाडौँ । ललितपुर जिल्ला अदालतले कर्मचारीहरूलाई खाजाको समयमा पनि सेवाग्राहीलाई सेवा दिन निर्देशन दिएको छ।
एक सूचना जारी गर्दै अदालतको प्रशासन शाखाले खाजाको समयमा काम नरोक्न कर्मचारीलाई निर्देशन दिएको हो।
सूचनामा उल्लेख छ, “अदालतमा कार्यरत कर्मचारीका लागि दिउँसोको खाजा समय आइतबारदेखि बिहीबारसम्म १:३० बजेदेखि २:३० बजेसम्म र शुक्रबार १:०० बजेदेखि २:०० बजेसम्म तोकिएको छ। यस समयमा सेवा प्रवाहमा रोकावट हुनु हुँदैन। मिति २०८२-१२-१७ देखि अदालतको खाजा समयमा समेत सेवाग्राहीलाई निरन्तर सेवा उपलब्ध गराउने व्यवस्था मिलाइएको छ।”








