काठमाडौँ । नेकपा एमालेले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी रामबहादुर थापा ‘बादल’लाई दिएको छ।
च्यासलमा आज बसेको पदाधिकारीसहितको संसदीय दलको संयुक्त बैठकले थापालाई उक्त जिम्मेवारी तोकेको हो। सांसद ऐन महरका अनुसार, ओली हिरासतबाट मुक्त नभएसम्म थापाले कार्यवाहक अध्यक्षका रूपमा जिम्मेवारी सम्हाल्नेछन्।
अध्यक्ष ओली भदौ २३ गते भएको जेन जेड आन्दोलनसम्बन्धी घटनामा जिम्मेवार ठहरिँदै गौरीबहादुर कार्की आयोगको प्रतिवेदनका आधारमा ज्यानसम्बन्धी कसुरमा हाल थुनामा रहेका छन्।







