२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एचआइभी संक्रमितलाई पोषण सहयोग नियमित भएन

अ+ अ-

टीकापुर ।  कैलालीको टीकापुरका एचआइभी संक्रमितहरुले पोषण सहयोग नियमित गर्न पालिकासँग माग गरेका छन् । 

एचआइभी संक्रमितलाई टीकापुर नगरपालिकाले विगत ६ वर्षदेखि पोषण सहयोगबापतप्रति व्यक्ति ६ हजार उपलब्ध गराउँदै आएको छ । संक्रमित व्यक्तिको बैंक खातामार्फत पोषणका लागि रकम भुक्तानी हुने गरेको छ । टीकापुरमा गत वर्ष  ११५ जनाले पोषण सहयोग लिएका थिए ।

पोषण सहयोगका लागि गतवर्ष रु सात लाख ५० हजार बजेट थियो । यस वर्ष रु तीन लाखमात्रै बजेट विनियोजन भएकाले नपुग्ने हुँदा पुरानै व्यवस्था अनुसार सहयोग उपलब्ध गराउन सङ्क्रमितको अधिकारका क्षेत्रमा क्रियाशील नवजीवन एकता समाजका अध्यक्ष जगत भण्डारीले माग गरे । ‘‘एचआइभी संक्रमित शारीरिक रूपमा कमजोर छन्, उनीहरू अन्य व्यक्ति जसरी काम गर्न सक्दैनन्’’, अध्यक्ष भण्डारीले भने, ‘‘पालिकाले दिने थोरै रकमले पनि उनीहरूलाई एक/दुई महिना छाक टार्न सहयोग हुन्छ । नियमित रूपमा दिइरहेको यस्तो सहयोग घटाउन हुँदैन ।’’

विसं २०६४ मा स्थापना भएको नवजीवन एकता समाजले कैलालीमा एचआइभी सङ्क्रमितको अधिकार, रोग निदान, स्वास्थ्य उपचार र परामर्श जस्ता कार्यमा सघाउँदै आएको छ । समाजका अनुसार टीकापुरमा मात्रै १६५ जना एचआइभी सङ्क्रमित छन् । 

समाजले कैलाली जिल्लाभरिका १८ वर्ष मुनिका ७० जना बालबालिकालाई पोषण र शिक्षाका लागि मासिक रु एक हजार ५०० उपलब्ध गराउने गरेको छ । ‘‘उनीहरूको शिक्षा आर्जनका लागि कापी किताब किन्न समस्या नहोस् भनी थोरै सहयोग गर्ने गरेका छौँ’’, अध्यक्ष भण्डारीले भने, ‘‘एकल महिलाका समस्या थुप्रै छन् । कमाउने श्रीमान् बितेपछि, आफू पनि सङ्क्रमित हुँदा आर्थिक समस्या झेलिरहेका छन् ।’’

सङ्क्रमितको उपचारका लागि कैलालीमा चारवटा स्वास्थ्य संस्थामा एआरटी सेन्टर स्थापना छन् । सेती अस्पताल धनगढी, टीकापुर, अस्पताल, मालाखेती अस्पताल, लम्कीचुहा अस्पतालमा एआरटी सेवा सञ्चालनमा छ । टीकापुर अस्पतालबाट करिब ६०० जनाले एआरटी सेवा लिने गरेका छन् । एक पालिकाको मानिस अझैँ समाजमा सम्मानजनक व्यवहार नभएकाले अर्को पालिका वा टाढाको स्वास्थ्य संस्थाबाट एआरटी तथा उपचार सेवा लिइरहेका छन् । 

विगतमा टीकापुर अस्पतालमा उपचार सेवा लिन आउने टाढाका सङ्क्रमित बिरामीलाई नवजीवन एकता समाजमा गाँस, बाँसको व्यवस्थासमेत गरिएको थियो । बर्दगोरियाबाट टीकापुर अस्पतालमा सेवा लिन आएकी एक महिलाले भनिन्, ‘‘अस्पतालमा रगत परीक्षण लगायतका सेवा लिँदा कहिलेकाहीँ एक/दुई दिन बस्नुपर्ने हुन्छ, पहिले पहिले यही संस्थामा खान र बस्न पाइन्थ्यो । अहिले आर्थिक समस्याले राख्न सकिँदैन भन्छन्, अब होटलमा बसेर कसरी उपचार गर्नु ? नजिकका अस्पतालमा उपचार गरे सबैले चिन्छन्, समाजमा सङ्क्रमित भनेपछि दुर्व्यवहार गर्छन् ।’’

टीकापुर अस्पतालमा मोहन्याल गाउँपालिका, घोडाघोडी नगरपालिका, बर्दयोरिया गाउँपालिका, लम्कीचुहा, भजनी नगरपालिका, जोशीपुर, जानकीसहित बर्दियाको गेरुवा गाउँपालिकाका बिरामी उपचार सेवा लिन आउने गरेका छन् ।

टीकापुरले कार्यविधि नै बनाएर विगत केही वर्षदेखि सघाउँदै आएको हो । चालु आर्थिक वर्षमा पालिकामा आर्थिक स्रोत कम भएकाले बजेट घटेको, आगामी वर्ष बजेट व्यवस्था गर्ने नगरपालिकाका कार्यवाहक नगर प्रमुख रामबहादुर नगार्जीले बताए । ‘‘तपाईँहरूको उपचार पहिलो प्राथमिकता हो, त्यसबाहेकका समस्या पनि धेरै छन्’’, उनले भने, ‘‘पालिकाको जिम्मेवारी धेरै, बजेट कम हुँदा कतिपय काम इच्छा भएर पनि गर्न सकिएको छैन, आगामी वर्ष बजेट सुनिश्चितगर्नेछौँ ।’’