काठमाडौँ। प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोप)को अध्यक्ष परिषदबाट सुदन किराँतीले राजीनामा दिएका छन्। बुधबार बसेको पार्टी बैठकमा उनले राजीनामा दिएको जानकारी पार्टीका अर्का अध्यक्ष सन्तोष परियारले दिएका छन्।
परियारका अनुसार किराँतीसहित केही सदस्यले अध्यक्ष परिषदबाट राजीनामा दिएका छन्, तर ती राजीनामा हालसम्म स्वीकृत भइसकेका छैनन्।
किराँतीले पार्टी नै छाड्ने तयारी गरेको विषय पनि उठेको छ, तर यसबारे औपचारिक निर्णय भने सार्वजनिक गरिएको छैन। पार्टीले राजीनामा दिने सदस्यहरूबारे विस्तृत जानकारीसहित आधिकारिक धारणा सार्वजनिक गर्न विज्ञप्ति जारी गर्ने तयारी गरेको जनाएको छ।







