काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालिका वन उपभोक्ता समितिका अध्यक्षसहित ५ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
आयोगले आज सुर्खेतको चौकुने गाउँपालिका वडा नं. ०५ स्थित मालिका वन उपभोक्ता समितिका अध्यक्ष अमर बहादुर दानीसहित ५ जनाविरुद्ध सार्वजनिक सम्पत्ति हानि नोक्सानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो ।









