२६ असार २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फोहरबाट मोहर: व्यासले कमायो १७ लाख

अ+ अ-

तनहुँ । व्यास नगरपालिकाले फोहर बिक्रीबाट आठ महिनाको अवधिमा रु १७ लाख १३ हजार आम्दानी गरेको छ । चालु आर्थिक वर्ष २०८३/८३ को साउनदेखि फागुनसम्मको अवधिमा उक्त आम्दानी भएको हो ।

नगरपालिकाले प्लास्टिक, कपडा, फलाम र सिसाजन्य वस्तुको वर्गीकरण गरी गत वर्षदेखि बिक्री गरी आम्दानी गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिए ।

उनले भने, “संकलन गरी बिक्री गर्न थालेपछि फोहर नगरपालिकाको आम्दानीको स्रोत बनेको छ ।”

व्यास नगरपालिकाले दैनिक १५ टन नकुहिने र सात टन कुहिने फोहर संकलन गर्दै आएको छ । कुहिने फोहरलाई व्यास–१० भतेरीस्थित गौ: संरक्षण केन्द्रमा व्यवस्थापन गरिएको छ । पहिलो चरणमा नकुहिने फोहरलाई मोहरमा बदल्ने लक्ष्यका साथ बिक्री गर्न थालिएको प्रशासकीय अधिकृत लम्सालले बताए । नगरपालिकाले प्लास्टिक, कपडा, फलाम र सिसाजन्य वस्तु बिक्रीका लागि बोलपत्र आह्वान गरी बिक्री गर्न थालेको हो ।

प्रमुख प्रशासकीय अधिकृत लम्सालले भने, “नगरपालिका परिसरमा ‘बेलिङ’ मेसिन जडान गरी नकुहिने फोहर भण्डारण गर्ने व्यवस्था मिलाएका छौँ ।’

कार्यालयका अनुसार अल्मुनियम प्रतिकिलो रु ६०, फलाम रु ३५, टिन रु २५, बोतल रु २३, कपडा पाँच रुपैयाँ ५० पैसा, कपी रु १६ तथा किताब प्रतिकिलो रु १४ का दरले बिक्री गरिँदै आएको छ । यसअघि उक्त फोहर व्यास–३ मादी नदी किनारमा व्यवस्थापन गरिँदैआएको थियो । उक्त सम्झौता अवधि सकिएकाले अर्को व्यवस्था नहुँदासम्म कार्यालय परिसरबाटै फोहर व्यवस्थापन गर्न लागिएको नगरपालिकाले जनाएको छ ।

नकुहिने फोहर दिगो व्यवस्थापन गर्न जग्गा खरिद प्रक्रिया अगाडि बढाइएको व्यासका नगरप्रमुख वैकुण्ठ न्यौपानेले  जानकारी दिए ।