२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खर्च मितव्ययितामा प्रधानमन्त्री सचिवालयको सर्कुलर : ‘कोठा-कोठामा प्रधानमन्त्रीको फोटो नझुण्ड्याउनुहोस्’

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह(बालेन) सचिवालयले सरकारी कार्यालयहरूमा खर्च मितव्ययिता कायम गर्ने उद्देश्यले अनावश्यक खर्च नियन्त्रण गर्न सम्बन्धित निकायहरूलाई सर्कुलर जारी गरेको छ ।

सचिवालयले मन्त्रालयहरूलाई आन्तरिक सर्कुलरमार्फत कार्यालयका प्रत्येक कोठा-कोठामा प्रधानमन्त्रीको फोटो झुण्ड्याउने प्रचलन रोक्न भनेको हो । आवश्यकता र औचित्यका आधारमा मात्रै फोटो राख्नुपर्ने उल्लेख गर्दै अनावश्यक रूपमा फोटो छपाइ तथा वितरण गर्दा हुने खर्च नियन्त्रण गर्नुपर्नेमा जोड दिइएको छ ।

डिप्लोमेटिक मिसन बाहेकका कार्यालयहरूमा चाहिने स्थानभन्दा पनि कोठा-कोठामा फोटो राख्ने र यसरी खर्च गर्ने परिपाटीलाई रोक्न यस्तो भनिएको स्रोतले प्रशासन सिंहदरबार विशेष ब्युरोलाई जानकारी दिएको छ ।

सरकारी खर्चलाई व्यवस्थित र मितव्ययी बनाउन विभिन्न तहमा पहल भइरहेका बेला प्रधानमन्त्री सचिवालयको यो निर्देशन खर्च कटौतीतर्फको कदमका रूपमा हेरिएको छ । कार्यालयहरूमा परम्परागत रूपमा अपनाइँदै आएको फोटो झुण्ड्याउने अभ्यासले अनावश्यक खर्च बढाएको भन्दै यस्तो सर्कुलर गरिएको जनाइएको छ ।

सचिवालयका अनुसार सार्वजनिक स्रोतको दुरुपयोग रोक्न र आवश्यकतामुखी खर्चलाई प्राथमिकता दिन यस्ता कदम आवश्यक छन् । यसै सन्दर्भमा सबै सरकारी निकायलाई मितव्ययिता अपनाउँदै खर्च व्यवस्थापनमा संवेदनशील हुन आग्रह गरिएको छ ।

उक्त सर्कुलरले प्रशासनिक खर्च कटौतीका लागि व्यवहारमै असर पर्ने उपायहरूलाई अघि बढाउने अपेक्षा गरिएको छ । साथै, यसले सार्वजनिक निकायहरूमा जवाफदेहिता र पारदर्शिता बढाउने विश्वास गरिएको छ ।