काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश कार्कीले भूमिको समस्यालाई एक नम्बरमा राखेर काम गर्नुपर्ने बताएका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘एक जना आमा हुनुहुन्छ । २०३५ सालमा १७ वर्षको हुँदा हजुरबबुा, बुवा र आमासँगै मोरङ ३ मा झर्नुभएको । धनीपुर्जा आउला भन्दा भन्दै उहाँको हजुरबुबा, बुबा र आमा बितिसक्नुभयो । अहिले उहाँको पनातिनी छन्’ कार्कीले भने ।
पाँच पुस्तासम्म पनि भूमिको समस्या समाधान हुन नसकेको र अन्यत्र पनि यस्तो समस्या रहेको भनेर उनले भनेका छन्, ‘भूमिको समस्यालाई एक नम्बरमा राखौँ ।’







