२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गण्डकी प्रदेशका ६७ प्रतिशत परिवार स्वास्थ्य बीमामा आबद्ध

अ+ अ-

गण्डकी । गण्डकी प्रदेशमा हालसम्म चार लाख ४४ हजार ७७६ परिवार स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका छन् । जुन प्रदेशको कुल परिवार सङ्ख्यामध्ये ६७ दशमलव ०१ प्रतिशत हो । स्वास्थ्य बीमा बोर्ड प्रदेश कार्यालयको पछिल्लो आँकडाअनुसार गण्डकीमा १३ लाख ५६ हजार ६९८ जनाको स्वास्थ्य बीमा भएको छ । 

जनसङ्ख्याका आधारमा कुल बीमित ५५ प्रतिशत पुगेको बोर्डका प्रदेश संयोजक जीवलाल खरेलले जानकारी दिए । कुल बीमितमध्ये सेवा लिनेको संख्या सात लाख ३८ हजार २३२ अर्थात् ५४ दशमलव ०४ प्रतिशत रहेको छ । बीमा नवीकरण गर्ने परिवारको संख्या तीन लाख ३५ हजार ५०५ रहेको छ । पचहत्तर प्रतिशत परिवारले बीमा नवीकरण गरेको पाइएको छ । 

स्वास्थ्य बीमाका लागि प्रदेशभर ७२५ जना दर्ता सहयोगी सक्रिय रहेको संयोजक खरेलले बताए। बीमाको योगदान रकमबाट आर्थिक वर्ष २०८१/८२ मा ५६ करोड ७६ लाख ६८ हजार १०० संकलन भएको उनको भनाइ छ । 

एक लाख ६१ हजार ९३५ जना ज्येष्ठ नागरिक, दुई हजार ३११ एचआइभी सङ्क्रमितको परिवार, अतिअशक्त अपांगता भएका पाँच हजार ६३० परिवार, कुष्ठरोग सङ्क्रमितका ९० परिवार, क्षयरोग सङ्क्रमितका ५७ परिवार र चार हजार ६४२ महिला स्वास्थ्य स्वयंसेविकाका परिवार स्वास्थ्य बीमामा आबद्ध भएका छन् । 

प्रदेशका ४७ स्थानीय तहमा स्वास्थ्य बीमासँग सूचिकृत भएका सेवा प्रदायकरअस्पताल रहेका छन् । सरकारी ५६ वटा, निजी चार र सामुदायिक एक गरी कुल ६१ वटा सेवा प्रदायक संस्था सूचीकृत छन् । गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयको अनुदान सहयोगमा आव २०८१र८२ मा सात हजार ६१ जनाको बीमा गरिएको संयोजक खरेलले बताए। 

जसमा अपांगता भएकाका परिवार पाँच हजार ९४६, मिर्गौलापीडित बिरामीका परिवार ४३१, द्वन्द्वपीडित ३८२, जनआन्दोलनका घाइते २८ जना, सहिद तथा बेपत्ता परिवारका ६३ जना र कास्कीमा क्रियाशील २११ जना पत्रकारको स्वास्थ्य बीमा गरिएको हो । 

सरकारको सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत २०७३ साल असारमा गण्डकीमा पहिलोपटक बागलुङबाट स्वास्थ्य बीमा सुरु भएको थियो । अहिले प्रदेशका ११ वटै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू भएको छ । स्वास्थ्य बीमा बोर्डले बीमितलाई स्वास्थ्य सेवा उपलब्ध गराउन प्रदेशभित्र ६१ वटा अस्पताल तोकेको छ ।