काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक संस्थाहरूमा हुने कुनै पनि प्रकारका दुर्व्यवहार वा शोषणका घटनाहरू विरुद्ध ‘शून्य सहनशीलता’ नीति लागू गरेको छ।
विद्यार्थीहरूले भोग्नुपरेका उत्पीडन वा दुर्व्यवहारका घटनाहरूलाई गम्भीरतापूर्वक लिई यसका लागि विशेष संयन्त्र सञ्चालनमा ल्याइएको छ। यस संयन्त्र अन्तर्गत पीडित वा जानकारी दिने व्यक्तिका गुनासोहरू प्रत्यक्ष सुनेर तत्काल कानूनी र प्रशासनिक कारबाही अघि बढाइने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन् ।
आज सामाजिक सञ्जालमार्फत जनकारी दिँदै मन्त्री पोखरेलले यस प्रक्रियामा सहभागी हुने व्यक्तिको पहिचान पूर्ण रूपमा गोप्य राखिने र सुरक्षित रहने प्रतिबद्धता जनाएका छन्। विद्यार्थीहरूलाई आफ्नो विवरण निर्धक्क रूपमा उपलब्ध गराउन प्रोत्साहित गर्दै, सुरक्षित शैक्षिक वातावरण निर्माणका लागि सक्रिय सहभागिता र सहयोगको अपेक्षा मन्त्रालयले गरेको छ।







