२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सय बुँदे शासकीय सुधार योजनामा व्यस्त सिंहदरबारका कर्मचारी, दिउँसै भाग्नेलाईसमेत हतारो र चटारो !

अ+ अ-

काठमाडौँ । सिंहदरबार यति बेला असामान्य रूपमा सक्रिय देखिएको छ। वालेन शाह नेतृत्वको नयाँ सरकार गठनसँगै अघि सारिएको सय बुँदे शासकीय सुधार योजनाले देशको प्रमुख प्रशासनिक केन्द्रमा कार्य संस्कृतिमा उल्लेखनीय परिवर्तन देखिन थालेको छ।

यसअघि ढिलो आउने, चाँडै निस्कने र कार्यकक्षभन्दा बाहिर बढी समय बिताउने प्रवृत्तिका कारण आलोचित हुँदै आएको कर्मचारी संयन्त्रमा अहिले स्पष्ट दबाब र अनुशासन देखिन्छ। बिहान ९ बजेदेखि अनिवार्य रूपमा कार्यालय समय लागू गरिएपछि कर्मचारी समयमै उपस्थित हुने र कार्यालय समय समाप्त नभएसम्म कार्यकक्षमै भेटिन थालेका छन् । 

कार्यालय समयभित्र अनावश्यक गफगाफ र समूहगत जमघटका कारण आउने गरेको ढिलासुस्तीको गुनासोसमेत सुनिन छोडेको छ । अधिकांश कर्मचारी खाना तथा खाजा समयबाहेक आफ्नै कार्यकक्षमा केन्द्रित देखिन्छन्। पहिले ‘दिउँसै निस्कने’ भनिने कर्मचारीहरू समेत अहिले फाइल व्यवस्थापन, निर्णय प्रक्रिया र सेवा प्रवाहमा व्यस्त देखिन थालेका छन्।

सरकारले अघि सारेको सय बुँदे सुधार योजनाअन्तर्गत मन्त्रालयगत कार्यसम्पादन, सेवा प्रवाहको गति, अनुगमन प्रणाली र प्रशासनिक पारदर्शितामा सुधार ल्याउने लक्ष्य राखिएको छ। सोही योजनाअनुसार अधिकृतदेखि मुख्यसचिवसम्मका कर्मचारी आ-आफ्नो मन्त्रालयका कार्यभारमा केन्द्रित भएका छन्। नियमित प्रगति समीक्षा, कार्यसूचीको निगरानी र प्रत्यक्ष कमाण्ड प्रणालीले कार्यसम्पादनमा दबाब सिर्जना गरेको कर्मचारीहरू बताउँछन्।

नयाँ सरकारको कामकारबाहीबारे अझै अनभिज्ञता जस्तो देखिए पनि कार्यशैली भने क्रमशः स्पष्ट बन्दै गएको देखिन्छ। कम बोल्ने तर प्रत्यक्ष अनुगमनमा सक्रिय नेतृत्व शैलीका कारण कर्मचारीहरू ‘काम टार्ने’भन्दा ‘काम पूरा गर्ने’तर्फ केन्द्रित भएका छन्। प्रत्यक्ष निगरानी, रिपोर्टिङ प्रणाली र कार्यसम्पादन मुल्यांकन कडाइका साथ लागू भइरहेका कारण चाहेर वा नचाहेर सबै कर्मचारी सुधार योजनाको कार्यान्वयनमा सक्रिय देखिएका छन्।

सिंहदरबारभित्रको यो परिवर्तनलाई प्रशासनिक सुधारतर्फको सकारात्मक संकेतका रूपमा हेरिएको छ। यद्यपि, यो सक्रियता दीर्घकालसम्म कायम रहन्छ वा प्रारम्भिक दबाबमै सीमित हुन्छ भन्ने प्रश्न भने अझै खुला नै छ।