२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ठिनीमा स्याउ चिस्यान गृह निर्माण

अ+ अ-

मुस्ताङ । घरपझोङ गाउँपालिका-५ ठिनीमा स्याउ संकलन तथा चिस्यान गृह निर्माण गरिएको छ । संघीय सरकारको विशेष अनुदान कार्यक्रमअन्तर्गत शीतोष्ण फलफूल तथा स्याउ संकलन र भण्डारणका लागि चिस्यान गृह निर्माण गरिएको हो ।

संघीय सरकारद्वारा आर्थिक वर्ष २०८१/८२ का लागि प्राप्त विशेष अनुदानबाट रु ५९ लाखको लागतमा ३० मेट्रिक टन क्षमताको फलफूल भण्डारण गर्ने चिस्यान गृह निर्माण गरिएको घरपझोङ गाउँपालिकाका इन्जिनियर चक्रबहादुर बमले जानकारी दिए। ठिनी गाउँमा १० मेट्रिक टन क्षमताका तीन चिस्यान गृह निर्माण गरिएका हुन् । 

घरपझोङ गाउँपालिका-५ का वडाध्यक्ष प्रदीप थकालीका अनुसार ठिनी गाउँमा उत्पादित स्याउ संकलन गरी चिस्यान गृहमा राख्न सहकारीमार्फत प्रस्ताव पेस गरी काम सम्पन्न गरिएको हो । स्थानीय किसानले उत्पादन गरेको स्याउ संकलन गरी चिस्यान गृहमा राखिनेछ ।

मुस्ताङको स्याउ बजारीकरणमा खासै समस्या नभए पनि यहाँ आउने पर्यटकलाई बेमौसममा समेत स्याउको स्वाद चखाउन तथा चिस्यान गृहमा राखिएको ताजा स्याउलाई कोसेलीका रूपमा बिक्री गर्ने उद्देश्यले उक्त संरचना निर्माण गरिएको हो । फल्ने समय बाहेकमा पनि स्याउ ताजा र महँगो मूल्यमा बिक्री गर्न सकिने भएकाले किसानलाई थप लाभ पुग्ने अपेक्षा गरिएको वडाध्यक्ष थकालीले बताए।

यसअघि सिजनमा स्थानीय तथा बाहिरी व्यापारीले स्याउ खरिद गरी सिधै बजार पुर्‍याउने गर्दा सिजनबाहेक अन्य समयमा पर्यटकले स्याउको स्वाद चाख्न पाउँदैनथे । अब चिस्यान गृह निर्माण भएसँगै ठिनी गाउँमा उत्पादित स्याउ बेमौसममा पनि उपलब्ध हुने उनको भनाइ छ ।

 चिस्यान गृह निर्माण भएसँगै ठिनी गाउँका करिब १०० किसान प्रत्यक्ष लाभान्वित हुने बताइएको छ । साथै, घरपझोङ गाउँपालिकाले स्याउ संकलन, ग्रेडिङ, प्याकेजिङ र बजारीकरणका लागि आवश्यक पूर्वाधारसमेत निर्माण गरेको छ ।