२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘वैज्ञानिक अन्वेषण तथा विज्ञान र गणित प्रदर्शनी–२०८३’ आगामी वैशाख ३ देखि हुने

अ+ अ-

खोटाङ । यहाँको दिक्तेलमा आगामी वैशाख ३ देखि ७ गतेसम्म ‘वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनी–२०८३’ महोत्सव आयोजना हुने भएको छ ।

कोशी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, शुभम् फाउन्डेसन र हिमालयन माध्यमिक विद्यालय सोल्माले संयुक्तरूपमा महोत्सव गर्ने भएको हो ।

विद्यार्थी तथा युवापुस्तामा विज्ञान र प्रविधिप्रति रुचि बढाउँदै आगामी दिनमा वैज्ञानिक उत्पादन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको महोत्सव आयोजक समितिका संयोजक एवम् शुभम् फाउन्डेसनका कार्यकारी निर्देशक सूर्यबहादुर राईले जानकारी दिएका छन् ।

“प्रविधिमैत्री तथा नवप्रवर्तनमुखी महोत्सव जिल्लामा पहिलोपटक आयोजना गरिएको छ । युवापुस्तामा विज्ञान र प्रविधिप्रति रुचि बढाउँदै एआईको प्रयोग तथा सम्भावनाको खोजी गरेर स्थानीयस्तरमै नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्य राखिएको छ”, उनले भने, “महोत्सवमा विद्यार्थीले तयार पारेका विज्ञानसम्बन्धी परियोजना, एआईमा आधारित नमूना प्रस्तुति तथा अन्तरक्रियात्मक स्टल राखिन्छ ।

पाँच दिनसम्म सञ्चालन हुने महोत्सवले विद्यार्थीमा सिर्जनशील सोचको विकास हुने र ग्रामीण क्षेत्रमा विज्ञान तथा प्रविधिसम्बन्धी ज्ञान र सीपको विस्तारमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरेका छौँ ।”

महोत्सवको परियोजना प्रतिस्पर्धामा प्रथम, द्वितीय र तृतीय हुने विद्यालय तथा विद्यार्थीलाई क्रमश: नगद २० हजार, दश हजार र पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिने जनाइएको छ । रोबो कार रेसमा प्रथम हुनेलाई नगद १५ हजार, द्वितीयलाई दश हजार र तृतीयलाई पाँच हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

पिपुल्स च्वाइस् अवार्ड र मोस्ट प्राक्टिकल इनोभेसन अवार्ड अन्तरगत नगद पाँच/पाँच हजार रुपैयाँ प्रदान गरिने महोत्सवका संयोजक राईले जानकारी दिए ।