२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीले झुक्दैनौँ : इरान

अ+ अ-

काठमाडौँ । इरानले आत्मसमर्पण नगर्ने चेतावनी दिएको केही घण्टाभित्रै अमेरिकी सेनाले सोमबारदेखि इरानी बन्दरगाहमा पूर्ण रूपमा नाकाबन्दी गर्ने घोषणा गरेको छ । अमेरिकी सैन्य अधिकारीका अनुसार सोमबारबाट यो नाकाबन्दी सुरु हुनेछ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत ‘स्ट्रेट अफ हर्मोज’ बाट भित्रिने र बाहिरिने सबै जहाजलाई अमेरिकी नौसेनाले रोक्ने चेतावनी दिएपछि यो स्थिति आएको हो । यद्यपि, अमेरिकाले अन्य मुलुकका लागि उक्त मार्ग भएर जाने जहाजमा भने अवरोध नगर्ने प्रस्ट पारेको छ । इरानसँगको यो बढ्दो तनावका कारण विश्व बजारमा कच्चा तेलको मूल्य पुनः प्रतिब्यारेल १०० डलरभन्दा माथि पुगेको छ ।

अमेरिकी घोषणा लगत्तै इरानको आईरआरजीसीले कडा प्रतिक्रिया दिएको छ । उक्त समुद्री मार्गमा आउने कुनै पनि सैन्य जहाजलाई ‘कडा कारबाही’ गरिने आईआरजीसीले चेतावनी दिएको हो । इरानी संसद्का सभामुख मोहम्मद बागेर घालिबाफले इरान धम्कीका अगाडि कहिल्यै नझुक्ने र आत्मसमर्पण नगर्ने बताएका छन् ।

पाकिस्तानमा भएको भनिएको प्रत्यक्ष वार्ता पनि असफल भएपछि यो वातावरण अशान्त बनेको हो । इरानले आफ्नो परमाणु महत्त्वाकाङ्क्षा नत्यागेका कारण वार्ता निष्कर्षमा पुग्न नसकेको ट्रम्पको दाबी छ । तर, इरानी पक्षले भने दुवै देश सम्झौताको निकै नजिक पुगे पनि अमेरिकाको ‘अधिकतम माग’ र अन्तिम समयमा सर्तहरू फेर्ने प्रवृत्तिका कारण वार्ता भाँडिएको आरोप लगाएको छ ।

अमेरिकी राष्ट्रपतिको यो पछिल्लो कदमले अमेरिकाका लागि नयाँ कूटनीतिक र सैन्य चुनौती थपेको विश्लेषण गरिएको छ ।