२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अमेरिकाले नाकाबन्दी गरे खाडीका कुनै बन्दरगाह सुरक्षित नरहने इरानी सेनाको चेतावनी

अ+ अ-

काठमाडौँ । इरान र अमेरिकाबीचको विवादले फेरि एक पटक उग्र रूप लिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज स्ट्रेट अफ होर्मुजबाट हुने इरानी ढुवानीलाई रोक्ने धम्की दिएपछि इरानी सेनाले कडा प्रतिकारको चेतावनी दिएको हो ।

इरानी सञ्चारमाध्यम आईआरआईबीमार्फत जारी गरिएको आधिकारिक बयानमा अमेरिकाको यो धम्कीलाई ‘गैरकानुनी’ र ‘समुद्री डकैती’जस्तो व्यवहार भनिएको छ ।

इरानले आफ्ना बन्दरगाहमाथि कुनै पनि प्रकारको नाकाबन्दी वा आक्रमण भए त्यसको नतिजा अमेरिका मात्र नभई समग्र खाडी क्षेत्रले भोग्नुपर्ने संकेत गरेको छ ।

इरानी सेनाले छिमेकी खाडी राष्ट्रलाई समेत लक्षित गर्दै यस क्षेत्रका बन्दरगाहहरूको सुरक्षा या त सबैका लागि हुने वा कसैका लागि पनि नहुने स्पष्ट पारेको छ ।

यदि अमेरिकी सेनाले इरानी बन्दरगाहलाई निशाना बनाए फारसको खाडी र ओमान सागरका कुनै पनि बन्दरगाह सुरक्षित नरहने उसले चेतावनी दिएको छ ।

साथै, इरानले युद्ध अन्त्य भएपछि पनि होर्मुज स्ट्रेटमा आफ्नो पूर्ण नियन्त्रण कायम राख्ने र आफ्ना शत्रुसँग सम्बन्धित कुनै पनि जहाजलाई इरानी समुद्री सीमा प्रयोग गर्न नदिने घोषणा गरेको छ ।

इरानको यो कडा अडानले विश्वको प्रमुख तेल आपूर्ति मार्गमा सैन्य मुठभेडको जोखिमलाई झन् बढाएको छ ।

0 Comments