२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्णबहादुर खड्काको विज्ञप्तिपछि काँग्रेस अनुशासन समितिको बैठक आह्वान

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको छ। पार्टी सचिव दिनेश थापामगरका अनुसार बैठक बुधबार बिहान ११ बजे पार्टी मुख्यालयमा बस्नेछ।

यसअघि कावा सभापतिको हैसियतमा पूर्णबहादुर खड्काले जारी गरेको विज्ञप्तिमा १५ औँ महाधिवेशनका लागि वितरण तथा नवीकरण भइसकेका क्रियाशील सदस्यता खारेज गर्ने र पुनः नयाँ सदस्यता लिने निर्णयप्रति असहमति जनाएका छन्। उनले कुनै नेताको आवेग वा उत्तेजनामा गरिएको अभिव्यक्तिका आधारमा सदस्यता खारेज गर्न नमिल्ने उल्लेख गर्दै त्यस्ता निर्णयले पार्टी संगठनमा असर पार्न सक्ने बताएका छन्।

विज्ञप्तिमार्फत उनले पार्टीलाई कमजोर बनाउने गतिविधिबाट टाढा रहन सम्बन्धित पक्षलाई सचेत गराएका छन्। उक्त अभिव्यक्तिपछि अनुशासन समितिको बैठक बोलाइएको हो, जसलाई पछिल्ला घटनाक्रमसँग जोडेर हेरिएको छ।

यसैबीच, पार्टीले बुधबार दिउँसो २ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक पनि बोलाएको छ। कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जारी गरेको सूचनामा पदाधिकारी तथा सदस्यलाई बैठकबारे जानकारी गराइएको छ।

पछिल्ला निर्णय र प्रतिक्रियाहरूले पार्टीभित्रको आन्तरिक व्यवस्थापन, अनुशासन र सदस्यता सम्बन्धी विषयमा छलफल आवश्यक भएको सन्दर्भमा बैठकहरू आयोजना गरिएको जनाइएको छ।

0 Comments